Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले जिल्ला कमिटिले संयुक्त राजिनामा दियो

Published on 2:03:00 PM //

Gulmi Darshan
नेकपा एमाले गुल्मी जिल्ला कमिटिले हिजो(बैशाख २३) संयुक्त रुपमा राजिनामा दिएको छ । पार्टी समानुपातिक सुचि चयन गर्दा मनोमानि, सोही कार्यकतालाई चयन नगरेको भन्दै राजिनामा दिएको छ । राजिनामा दिनेहरुमा जिल्ला कमिति सचिव कमल श्रेष्ठ, अञ्चल कमिति सदस्य तथा जिल्ला कमिति सदस्य बोमबहादुर खड्का, सदस्यहरु जंग नेपाली, कृष्णा विश्वकर्मा, शेषकान्त पाण्डे लगायत २८ जनाले संयुक्त राजिनामा दिएका हुन । जिल्ला कमिटि ६४ जनाको भए पनि हाल गुल्मीमा उपलब्ध २८ जनाले मात्र राजिनामा दिनु भएको छ । त्यसै गरि अन्य सदस्यहरुले पनि राजिनामा दिने जानकारी श्रोतले बताएको छ । अन्य थप जानकारी भने उपलब्ध हुन बाँकी छ ।

Source: Gulmi Info

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग