चोट
Published on
2:47:00 AM //
कृष्ण ब थापा
गुल्मी रुपाकोट ९ दमुका
म उनको इन्तजारमा थिए| आकाशमा कालो बादल मडारिदै थियो कावा खाँदै स्वतन्त्र रुपले उड्ने पंक्षिहरुको आवाजचिर्बिर चिर्बिर कानमा गुन्जिरहेको थियो |यस्तो आभास भेटिन्थ्यो उनिहरुको आवाजमा एकदम पिडा भित्रिदैछ कही कतै बज्रपात हुन्छ जस्तो | दिन आफ्नो गतिमा खुम्चदै थियो केही समय पश्चात उनको आगमन भयो ठीक त्यसको अर्को दिन म मुग्लानी हुँदै थिए यानी उनिसंगको दुरी टाढिदै थियो | आपसमा समिपिएर आउने बिशाल बिछोडको दुखेसो खोतल्दै थियौ | उनी भन्ने गर्थिन तिमी मेरो यथार्थ हौ,बर्तमान ,बिगत अनी भबिश्य ,आस्था ,बिश्वास ,लक्ष्य ,उदेश्य र गन्तब्य पनि बिना तिमी जीवन मेरो रित्तो,एक्लो ,शुन्य छ | त्यसैले मुग्लानी जीवन बिताएपनी त्यो मुटुमा स्थान दीइराखनू | उनको जोर नयन बाट ओरालो लागेका आशुका थोपाहरुलाई दाँया हातको शाहारामा पन्छाइदिदै सम्झाए आखिर म सदाको लागि मुग्लानी हुँदै त छैननी केही समय को अन्तराल पश्चाप त अबश्य फर्किने छु नि | म नहुदाको पलमा आएका सम्झना अनी मायालाई पोटुकी भित्र कुदी राखनू केही समय न हो | एउटा नेपाली हुनुको यथार्थ यही त रहेछ एक दिन त अबश्य पर्देशी हुनु नै पर्ने | त्यसैले धर्यतालाई अँगाल त्यस पछीका बाँकी दिनहरु सुरम्य मायाको घर बसाइ ब्यतित गरौला | भर्खरै बिजान्कुरण हुँदै गरेको हाम्रो मायालाई बिकसित रुप दिउला जसले हाम्रो सम्बन्धलाई आजीवन अजर-अमर बनाउछ | यसरी अगाडि आएको बीछोडको पिडाले मनलाई क्षत-बिक्षत बनाएको थियो तैपनी सकी-नसकी मनलाई सम्हाल्ने प्रयत्न गर्दै दुई सालको लागि भौगोलिक रुपले टाढिदै गरुङो मन,बोझिलआँखा,भिजेको छाती,भारी गोडा लिएर उनिदेखी बिदाइ भए आँखाको नजरले भेटाउन्जेल् सम्म उनिलाई नियाल्दै | आशाका थुंगाहरु छाती भरी फुलाई सुरम्य संसारको कल्पनामा मुग्लानी जिवनमा अगाडि भेटिएका बाधा ब्यबधानलाई निर्बाध रुपमा पन्छाउदै अनेकौ संकट निबटारा गर्दै दिनगुज्रिरहेका थिए | नजरका अगाडि देखा परेका बिगतका पल अनी उनको सम्झना समयलाई धकेल्ने एउटा माध्यम बनेको थियो | साच्ची कैसैलाई कति माया गरिदो रैछ भन्ने उ नहुदाको कश्टकर पलमा महशुस हुदोरहेछ कहिले सम्झेर रुवाए त मनलाई कहिले तड्पेर बल्झाए |यस्तै-यस्तै अनेकौ पाशबिक पलहरु बिताउदै हामी बिच आएको बिशाल चट्तान्लाई पन्छाएर समिपिने दुरी नजिकिने भयो | समयसंग सम्झौता गरेर बीछोडका पलमा सँगालेर राखेका मायाका पुष्पगुच्चाहरुलाई छताछुल्ल हुनेगरी उनिसामु पोखिदिने अभिलाषा बोकी म आफ्नो जन्मभुमी फर्के | समय आफ्नै रफ्तारमा थियो केही दिन हरु बिना मिलन बितिगए अनी उनिलाई भेट्ने महान अभिलाषा लिएर उनी भएको ठाउमा पुगे र भेटे पनि उनको अनुहार अनी बोलाइका शब्दवलिमा परिबर्तनका पर्तिबिम्बहरु प्रस्ट देखिन्थे मैले ह्रदयलाई छच्ल्काउदै थिए उनिसामु उनी भने तरकिने बाहानाको डोरेतो अपनाउदै थिइन | म असमन्जस भए अबोध प्रश्नले छातीमा दरफर्यायो तर पारीभाशा उतार्न सकिन अनी भने तिमी उही पुरानै मलाई माया गर्ने मान्छे होइनौर ऊत्तरमा म उही पुरानै हुँ तर मेरो मन मुटुमा पुराना कुरा चिजको छाप हराइसकेको छ नबिन इच्छा आकांक्षा अनी अरु कसैले यो मन मुटुमा घर बसाइ सकेको छ | त्यसैले बिगतका पलहरुलाई बिर्सिदेउ र कुनै बाहानामा मलाई भेट्ने अनी पुराना कुराले बल्झाउने कोसिस् पनि नगर्नु | उनिबाट पाएको आघात पिडाले मुखबाट आवाज प्रस्फुटन हुन पनि हिचकिचाइ रहेको थियो तैपनी बेहोस मुद्रामा ओठ चलाए मैले त जीवनपर्यत्न अजर-अमर हुने माया दिएको थिए तिमीलाई तर बदलामा मैले यस्तो दिनको आगमन हुन्छ भन्ने एक चिम्ती पनि सोचाइमा परेको थीइन जे जस्तो होस् मलाई तिम्रो नयाँ जीवन बेहत्तर आलोकित गर्दै जानु जिवनमा मैले जस्तो पशबिक पलहरुको सामना गर्न नपरोस आउँदा दिनहरु साद्रश्यतामा छचल्किरहुन कामना दीइ छलगर्नेलाई छातीभित्र शुन्य आँखाले निराशा च्यापी आफ्नो गन्तब्य तिर फर्के तर गन्तब्य छामे त्यो पनि निवस्त्र निराकार भैइ लमतन्न सुतिरहेको थियो छातीमा पुराना चिजहरु नाचे बिगतमा भेट्ने गरेको थाउको अनुहार हेरे,छामे,स्पर्सगरे निराशा पिडा बिट्रन्णा उब्जायो जीवनमसानघाट झै हमेशा सदाबहार उर्बर र ज्वलन्सिल भयो| नजरमा हराएर बादल पारी पुगे,खोलातरे,पहाड नागे, जीवन देखे, विश्वाश रोपे, उनिलाई देखे तर यथार्थमा अश्रुपुरित नयन पाए| मुटुमा अनगिन्ती उनले दिएका पिडाका घाउहरु उकच पल्टीइ चह्राइ रहेको छ | हर सासको पछाडि उनको सम्झना बिगतका पलहरु गाभिएका छन | प्रयास गर्छु बिर्सन छातीबाट टाढा फाल्न र आँखा बाट ओझेल बनाउन तर प्रयास अपुरो-अधुरो रहन्छ आकाशमा सुर्य चन्द्रमा देखिए नदी बगे हावा हुरी चले तर मेरो मन बदलिन सकेन कस्तो निरस र स्वादहिन जीवन बिताउन पर्ने भो निरिह तथा निस्तेज मानेर |
0 प्रतिकृयाहरु