देउताको मकै -१
Published on
8:52:00 PM //
लेखक; बिनय कुमार कसजु
(नवयुग मासिक, वर्ष१४, अंक ५, २०६० चैतमा प्रकाशित ।)
धेरै वर्ष अघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान परिवारबाट आएका थिए ।
उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे । गाउँगाउँमा घुम्थे र नयाँ जातको रुखबिरुवा देखे भने त्यसको बिऊ बटुल्थे । आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले तरकारी उमार्थे । उनीहरू मकैको धेरै प्रकारको परिकार बनाएर खान रुचाउँथे । उनीहरूले बेलाबेलामा मकैको केक बनाउँथे । मकैको केक खाएर अरु शिक्षकहरू छक्कै पर्थे ।
रिडीबजारदेखि एक किलो मिटरजति माथि उकालो चढेपछि मलिलो बारी भएको एउटा गाउँ आउँछ । त्यहाँको माटोको रंग रातो भएकोले त्यो गाउँलाई नै रातामाटा भनिन्छ । त्यो गाउँमा खुबै राम्रोसँग मकै फल्थ्यो । एक पल्ट त्यो गाउँमा एउटा मकैको बोटमा अचम्मैसँग घोँगा लाग्यो । मकैको बोटको हरेक पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू छक्कै परे । एउटा बोटमा दशबाह्र घोँगा मकै लागेको देखेर गाउँलेहरूले यो देवताकै चमत्कार हो भन्ने हल्ला गरे ।
देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन । बरु मकैको बोटलाई पूजा गरेर धुप बालेर बोटमा रातो र सेतो धजा बाँधिदिए । मकै पाकेपछि जग्गा धनी किसानले वरिपरिको मकै भाँचेर स्याहारे तर त्यो मकै भाँचेनन् ।
अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था घुम्दै रातामाटा पुगे । उनीहरूले मकैको बोट सामान्यभन्दा अलि बढी सप्रेको देखे । उनीहरूले अनुसन्धान गर्न भनेर एक घोँगा मकै किन्न मागे । तर किसानले भन्यो, "देउताको मकै हो । म त भाँच्दिन ।"
जोनले सय रूपैयाँको नोट देखाएपछि किसानले आफै भाँचेर लैजाने भए लैजाउन भन्यो । जोनले पनि एक सय रूपैया दिएर एक घोँगा मकै भाँचेर लिए । बाकी मकै बारीमा त्यसै सुकेर कौवाले खाएर सिध्याइदियो ।
केही महिनापछि जोन र मार्था दुबै जना अचानक बिरामी परे । रिडीबजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर आएर उनीहरूलाई लिएर गयो । त्यसपछि रिडीबजारमा धेरै जना पिसकोर स्वयंसेवकहरू आए, गए । रिडी बजारका बासिन्दाहरूले उनीहरूलाई बिस्तारै बिर्से ।
झण्डै पच्चिस वर्षपछि मार्था र बुल फेरि रिडीबजारमा आए । त्यस बेला रिडीमा मोटर बाटो बनिसकेको थियो । तैपनि उनीहरू हेलिकप्टरमा चढेर आए । उनीहरूले बीसबाइस वर्षको छोरा पनि सँगै ल्याएका थिए.......................
बाँकी भाग क्रमश प्रकाशित गर्दै जानेछु, गुल्मी दर्शन हेरेर प्रतिकृया दिदै गर्नुहोला ।
katha ramro lagyo.....aru bhaag pani chhitto rakhnu paryo
ReplyDeleteho sanju ji sarai nai intersting chh ra pachi ko kura padhana sarai khulduli chha plz chito publish garnu hola la.
ReplyDeleteसन्जु जी कथा एक्दमै रोचक लाग्यो तर पुरा पढ्न पाइएन झन् खुल्दुली बढ्यो । कृपया यस् कथाको बाँकी भाग छिट्टै राख्नु पर्यो । रोचक कथा को लागि गुल्मी दर्शन र बिनय कसजु लाई धेरै धेरै धन्यवाद ।
ReplyDeleteis this a child story?? any way nice story. m still waiting rest of the parts.
ReplyDeletebaki bhag kaile auchha, kuruwa ko line ma ma pani basechhu hai........
ReplyDeleteकथा रमाइलो छ, तर पुरै पढ्न पाये हुन्थ्यो। कैले आउँला ?? हामी कुरिराछौ है।
ReplyDelete