»
म साच्चिकै सुन्तला चोर हुँ त ?
Published on
1:39:00 AM
//

लौ हेर्नुस् त कती धेरै सुन्तला । तम्घास बजारमा फुटपाथे ब्यापारिहरुले बेच्न राखेका सुन्तलाहरु (पहिलो फोटो) र हागा नै भाच्ने गरेर बोटमै लटरम्म फलेका सुन्तला (दोस्रो फोटो)। यी फोटोहरु हेर्दा पुराना दिनहरुको याद आयो । स्कुल पढ्दाताका घर मुन्तिरको सुन्तलाको बोटमा बतिला लगेदेखि नै खुबै झुम्मिन्थ्यौ हामी ,अनी अलीअली अमिलो पस्न थालेपछी गाउँका भुराहरु मिलेर खुबै हिडिन्थ्यो अरुको बोटमा सुन्तला चोर्न । जिब्रै चर्हाउने गरेर खाइन्थ्यो अमिलो सुन्तला । काँचो होस् वा पाकेको, आफ्नोमा होस् वा अरुकोमा केटाकेटी छदा धेरै पटक चोरियो सुन्तला
।
चोरेको सुन्तला भकारीको धानमा गाडेर ४-५ दिन्सम्म पनि खाइयो । सुन्तला चोरेकै निहुमा कतिपटक त कुटाइ पनि खाइयो । मलाई थाहा छ सुन्तला चोर म मात्र होइन । केटाकेटी छदा अन्जानमै तपाईंहरु पनि थुप्रै पटक सुन्तला चोर बन्नुभएको होला । के छ तपाईंहरुको अनुभव ?
फोटोहरु : तारा भुषाल
Tags:
ho bhanya sanju jee! hami pani dherai choriyo suntalaa.......tara hami chor chahi hoina k..... hamile jani jani choreko hoina ni...tyo ta sirf umer ko dosh matra ho k. bachchaa belamaa j pani garinchha ni feri tyo belaako majja nai chhuttai huncha ni hoina??
ReplyDeleteत्यही त भन्या खुब चोरीयो सुन्तला सानो छदा त,हामीलाई त कुटेको मात्र हो र जुन बोटको सुन्तला चोरेको छ तेही बोटमा पनी रातभरी बाधेर राखेको छ । तर त्यसरी चोरेर खाएको मज्जा नै छुट्टै हुन्छ नि होइन ?
ReplyDeleteहो सन्जु जी निकै खाइयो कुटाई त तर जती कुटाई खाएपनी चोर्न छोडन भने हैन कयारे ? अती राम्रो शिर्सक छान्नु भएछ तर सुन्तलानै नपाईने ठाउमा भने केरा अंबा अनी जे पायो तेही नै चोरिन्थ्यो होला हैन त ?
ReplyDelete