सेतो गवारोले लाख कफी बिरुवा मरे
Published on
7:21:00 PM //
![](http://1.bp.blogspot.com/_w6v6NISFGtA/SYWptyOWqDI/AAAAAAAAAuw/rlyvcNgKkPI/s200/coffee.jpg)
जिल्लाका पुराना कफीका बगैंचामा सेतो गवारो नियन्त्रणभन्दा बाहिर गइसकेको कृषकको भनाइ छ । 'नियन्त्रण बाहिर गइसक्यो,' थानपति गाविसका भाष्कर ज्ञवालीलले भने, 'पुराना र ठूला व्यावसायिक बगैंचा सबै सखाप भइसके ।' अधिकांश कृषकले घरेलु उपचार विधिमै नियन्त्रण प्रयास गरे पनि सेतो गवारोको आश्रय स्थल पत्ता लगाउन नसकेको उनले बताए । ५ सय उत्पादन दिने बिरुवा रहेकामा अहिले आपmनो पुरानो बगैचामा १ सय बोट पनि नरहेको ज्ञवालीको दुखेसो छ ।
थानपति, रिमुवा, रुरु, बलेटक्सार, बलिथुम, अमरअर्वाथोक, आँपचौर, हँसरालगायत गाविसका कृषकले वषौंदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन् । सेतो गवारोलाई कृषकहरूले कफीको क्यान्सर नामकरण गरेका छन् ।
![](http://1.bp.blogspot.com/_w6v6NISFGtA/SYWoN3Pu6eI/AAAAAAAAAuo/mn8nTvfQ8uQ/s200/rotten+coffee.jpg)
बलिथुमका कृषक घनश्याम गौतमले पनि सेतो गवारोले पूरै बगैंचै नष्ट गरिदिएको बताए । बोटको डाँठमा सानो प्वाल बनाएर छिर्ने र खाइसकेपछि फोहोर गरेर प्वालै बन्द गर्ने भएकाले पत्ता लगाउन गार्हो पर्नेगरेको छ । 'यो कफी बोटको क्यान्सरै रहेछ,' गौतमले भने, 'बोटभित्र पसेपछि एकैपटकमा जरादेखि टुप्पासम्म विष फैलाउँछ र बोटै मार्छ ।' सबै गाविसमा अर्गानिक कफी उत्पादन हुनेगरेकाले पनि गवारो नियन्त्रणमा समस्या परेको कृषि विकास कार्यालयले जनाएको छ । 'अर्गानिक कफी भएकाले रासायनिक विषादी प्रयोग गर्न सकिएको छैन,' कार्यालयकी निमित्त प्रमुख सपना पन्थीले भनिन्, 'नीलो तुथो, चुनाको लेपन बनाएर लगाउने गरिएको छ । तर नियन्त्रण हुनसकेको छैन ।' यो घरेलु प्रविधि हो । पन्थीका अनुसार समस्या निदानका लागि कार्यालयले अभियान सञ्चालन गरिरहेको छ । कार्यालयको घरेलु उपचार विधिले सम्भव नभएपछि कृषक आफैंले रातो माटो, गोबर र आलसको तेलको लेपन गराएर परीक्षणका रूपमा लगाउने गरेको जिल्ला कफी व्यवसायी संघका प्राविधिक जंगबहादुर पचभैयाले बताए । 'परीक्षण हो, हेर्दै छौं,' उनले भने ।
स्रोत : कान्तिपुर दैनिक
oho yo ta nikai dukhako kuraa bhayo sanju jee. yasamaa ta sarakaarale pani chaso dekhaunu parne ho haina ra ?
ReplyDelete