Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीले ठोके आफ्नै स्कूलमा ताला

Published on 3:52:00 PM //

Gulmi Darshan
"हामीले निशुल्क पढाउ पनि त भनेका छैनौ नि ! त्यसै मनपरी शुल्क बढाउन पाईन्छ?", पुर्कोट दहस्थित पृथ्वी उच्च माविका विद्यार्थी मधु खत्री जङ्गिए । "बिद्यालयले आफुखुसी मासिक शुल्क बृदि गर्‍यो त्यही भएर हामी बिद्यालयमा ताला लगाउन वाध्य भयौ", अर्का एक विद्यार्थीले स्पष्टिकरण दिदै भने र थप चेतावनी पनि "जबसम्म बिद्यालयले शुल्क बृदि फिर्ता लिदैन तबसम्म कुनै पनि हालतमा बिद्यालय सन्चालन हुन दिदैनौ ।"

गुल्मीको पुर्कोट दहस्थित पृथ्वी उच्च माविले विद्यार्थीहरुको मासिक शुल्कमा बृदि गरेपछी विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । उनिहरुले माघ २६ गते देखी विद्यालयमा अनिचित्कालिन तालाबन्दी गरेपछी अहिले त्यहाको पठन पाठन पूर्ण रुपले ठप्प भएको छ । बन्दका कारण कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सेन्ट अप परिक्षा पनि स्थगित भएको छ । उक्त उच्च माविमा करिव १ हजार विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुको शुल्क वृद्धि फिर्ता नलिएसम्म विद्यालयमा लगाईको ताला नखोलिने विद्यार्थीहरु बताउछन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग