रेसुङ्गा क्याम्पसमा स्नातकोत्तर कक्षा सुरू
Published on
12:23:00 PM //
.jpg)
कक्षाको आइतवार सभासद प्रदिप ज्ञवालीले उद्घाटन गरेका थिए ।क्याम्पस प्रमुख शशी पन्थीका अनुसार क्याम्पसले २०४६ साल देखि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक कक्षा शुरू गरेको थियो । आतइवारबाट शुर भएको स्नातकोत्तर कक्षामा ३९ जना विद्यार्थी भर्ना भएको क्याम्पस प्रशासनले जनाएको छ । जिल्लामा रेसुङ्गा सहित ७ क्याम्पसमा स्नातक तह सम्मको पढाई हुने गरेको छ । यो वर्षमात्र तुराङ, पुर्कोट र धुर्कोट गाविसमा रहेका उच्च माविले क्याम्पस संचालनको लागि अनुमति पाएका छन् । रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनका लागि आर्थिक स्रोत जुटाउन बैशाख १४ गते देखि महायज्ञ संचालन गर्ने तयारी गरेको संयोजक नन्दराम भुसालले बताए ।
फोटो; बाबुराम खरेल
I am glad to know that Gulmi has been able to launch a masters level program. It may not mean much to other districts, but it means a lot to Gulmi. As we know, the future of a society depends on how it educates its citizenry, we hope that Reshunga Campus will contribute significantly in this regard by providing a quality higher education to the new generation.
ReplyDeleteWishing the best,
Baburam Kharel.