करेन्ट लागेर मृत्यु
Published on
2:53:00 AM //
Gulmi Darshan
तुराङ गाविसमा सामुदायिक विद्युतीकरण मर्मत क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ । मजुवा सामुदायिक ग्रामीण विद्युतीकरण इलाकाका प्राविधिक जुभुङ-८ का ५० वषर्ीय नरबहादुर राकसकोटीको उपचार क्रममा बिहीबार मृत्यु भएको हो । बुधबार लोडसेडिङको समयमा विद्युत् मर्मतका लागि पोलमा चढेका राकसकोटी एक्कासि विद्युत् सुचारु भएपछि करेन्टको झडका लागी लडेर घाइते भएका थिए ।
तुराङको मजुवस्थित रुद्रावती अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको स्थानीय बासिन्दा प्रेम सुनारले बताए ।
तुराङको मजुवस्थित रुद्रावती अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको स्थानीय बासिन्दा प्रेम सुनारले बताए ।
0 प्रतिकृयाहरु