Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१३ वषिर्य बालकले बनाए नमुना केबुलकार

Published on 3:43:00 AM //

घनश्याम गौतम
केबुलकार बाहिरबाट देखेकै भरमा यहाँका एक १३ वषिर्य बालकले काठ, र जस्ताको प्रयोग गरेर व्याटि्रबाट चल्ने नमुना केबुलकार बनाएका छन् ।
रूरू गाविस-६ स्थित रिडी उच्च मा.वि.मा कक्षा ८ मा अध्ययनरत विकल पौडेलले शैक्षिक भ्रमणमा गएका बेला केबुलकार चढेपछि फर्केर झण्डै पा“च महिनाको प्रयासमा रिमोटको प्रयोग गरी ब्याट्रीबाट चल्ने केबुलकार बनाएका हुन् । उनले बनाएको काठको केबुलकारले १ किलो तौल बोकेर तारमा १५ मिटरसम्म ओहोर दोहोर गर्ने गर्छ । बिकलले केबुलकार बनाउनका लागि ३.५ भोल्टको ब्याट्री, रिमोट, पावर कन्ट्रोल, मोटर, तार, घिर्नी, आल्मुनियमको ऐण्टेना, पावर सप्लायर र काठको बाकस प्रयोग गरेका छन् । वेण्डी· तारमा घिर्नीको भाग अड्काएर रिमोट थिचेपछि केबुलकार १५ मिटरसम्म पर जान्छ, र रिमोटकै माध्यमबाट फर्केर स्टेशनमै आईपुग्छ । दुइ महिना सोच्नै लाग्यो ।’-विकलले भने-भ्रमणमा ध्यान दिएर हेरेपछि आफै पनि बनाउन सक्छु भन्ने लागेको थियो सफल पनि भए“ ।’ तारमा अडिएर करेन्टबाट घुमेको देखेपछि आफुलाई त्यस्तो बनाउन सक्ने उत्सुकता बढेको उनले बताए । उनले केबुलकारमा अधिकांश रेडियोमा प्रयोगहुने सामाग्रीको प्रयोग गरेका छन् ।
तिक्ष्ण बुद्धिका बिकलले नयाँ र प्रविधियुक्त कुरा देखेमा निकै जिज्ञासा राख्ने गर्दछन् । विद्यालयले विकल सहित ५६ जनालाई मनकामनामा २०६५ पुषमा शैक्षिक भ्रमणमा लगेको थियो । उकालोमा पनि सजिलै चढ्ने केबुलकारले चढ्ने बेलामा पावर बढी खाने उनले बताए । पावरको लागि उनले मोवाईलको ब्याट्री प्रयोग गरेका छन् । सामग्री पाएमा ठुलै केबुलकार पनि बनाउन सक्छु भन्ने लागेको छ ।’-बिकलले भने ।
विकलले आफनै विद्यालयका विज्ञान शिक्षकले भने आप\mनो प्रयासलाई वास्ता नगरेको गुनासो गरे । धेरै पटक सोध्दा पनि सरले चासो दिनु भएन ।’-उनको गुनासो थियो । तर विकललाई विद्या ज्योती बोर्डि· स्कुल रिडीमा कक्षा ७ मा पढ्दै गरेका उनका भाई बिशालले भने निकै सघाएका छन् । सरले नसघाएपनि भाईले सघायो ।’ बाबु फर्सुराम पौडेलले छोराले केबुलकारको परिक्षण गर्दा एक हजार जति खर्च लागेको बताए । ँबेला बेला पैसा माग्ने गरेको थियो ।’-उनले भने, सधै विद्यालयबाट आएपछि व्यस्त देखिएको यसले पछि त केबुलकार पो देखायो ।’ छोराले चाहेको खण्डमा सबै अवसर दिने उनले बताए । पौडेल रिडीका होटल व्यवसायी हुन् । आफुहरू व्यापारमै व्यस्त हुने गरेकाले उनीहरूको पर्ढाईमा आफुहरूले बढी ध्यान दिन नसकेको आमा शान्ताले बताईन । हामीले समय दिनै सक्तैनौं ।’-शान्ताले भनिन् आफनै प्रयासमा छोराले गरेको देख्दा केही गर्छ भन्ने लागेको छ ।’ छोराहरूलाई आफुहरूले आवश्यक परेजति प्रोत्साहन दिने उनको भनाई छ ।

Tags:

1 comment

  1. hello yo sundaa saano ta ra kaam bhane dherai thulo bhayako le hajurlaai dhanyabad chha

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग