Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाम जोड्ने सडक खन्दै गाउँले

Published on 10:46:00 AM //

घनश्याम गौतम

असारको पहिलो साता वित्न लाग्यो । धेरै कृषकहरूलाई खेती लगाउने हतारो छ । तर यहाँको दक्षिण पुर्वी क्षेत्रका एक दर्जन गाविसका सयौं गाउँलेहरूलाई भने यतिबेला खेती लगाउने कुनै हतार छैन् ।

उनीहरूलाई एउटै चटारो छ गाउँमा मोटरबाटो पुर्‍याउने । सडकले सदरमुकाम छुन नसकेका कारण जिल्लाका हर्मिचौर, पुर्तिघाट, अर्वेनी, जयखानी, खड्गकोट लगायतका बासिन्दा सदरमुकाम आउन तिन जिल्ला हुँदै आउनु पर्ने बाध्यता छ । तर त्यो बाध्यताको अन्त्य गर्न अहिले ६ सय ९८ जना गाउँले दिनरात सडक खन्नमा ब्यस्त छन् । रूद्रवेणी, हर्मिचौर, पुर्तिघाट हुँदै अर्वेनीसम्म जोडने ३१ किलोमिटर सडक खन्न र्सवसारधणहरू वर्षा समेत नभनी पाल टाँगेर लागेका छन् । दिउँसोको प्रचण्ड गर्मीले पनि उनीहरूको सडक पुर्‍याउने चाहानालाई रोकेको छैन् । सडक खन्न १७ वर्षो युवती देखि ६० वषिर्य बृद्धासम्म लागेका छन् । धेरै समुहले सडक खन्ने र बस्ने दुवै ठाउ“मा घाम र पानी छल्न पाल टाँगेका छन् । मोटरबाटो निर्माण उपभोक्ता समितिले राम्रो पारिश्रमीक दिएकाले पनि उनीहरूमा सडक निर्माणको उत्साह थपिएको हो । समितिका अध्यक्ष ओमप्रकास न्यौपानेका अनुसार दैनिक ८ घण्टा सडक खनेबापत प्रति व्यक्ति २ सय ६५ रूपैंया पारिश्रमिक दिईएको छ ।
ँमैले त विदेशमा नपाएको ज्याला यहाँ पाएको छु’-सडक खन्न सक्रिय अर्वेनी-२ का ३९ वषिर्य रणबहादुर थापाले भने- आफनै देशको विकासमा लाग्दा ज्याला समेत राम्रो पाएको छु, गाउ“मा विकास पनि हुँदैछ ।’ सडक खन्नेकाममा उनीजस्ता विदेश पुगेर फर्किएका र गाउ“मा एस.एल.सी. दिएर बसेका थुप्रै युवायुवती सक्रिय छन् । विभिन्न गैर सरकारी संस्थाहरूले करोडौं खर्च गर्दापनि कडा चट्टानका कारण सडक निर्माण हुन सकेको थिएन् । यस वर्षसरकारले १ करोड ४० लाख रकम सडकका लागि छुट्टयाएपछि र्सवसारधणहरू ज्यालादारीमा सडक खन्न कस्सिएका हुन् । सोही सडक निर्माणका लागि यस अघि आयका लागि पुवाधार कार्यक्रम र आर्थिक तथा दिगो पुर्वाधार विकास संस्थाले १ करोड १४ लाख खर्च गरेको थियो । त्यस्तै सडकमा स्थानीय स्तरबाट ६३ लाख खर्च भैसकेको छ ।
सडक खन्न स्थानीय बासिन्दाले २०३९ सालदेखि शुरू गरेका हुन् । कडा चट्टान भएका कारण स्थानीयले निर्माण गर्न नसक्ने क्षेत्रमा यस वर्षसमितिले पुर्वी नेपालका झापा, इलाम, मोर·का मजदुरलाई समेत काममा लगाएको छ । उनीहरूले ९० मिटर कडा चट्टान फोर्न पनि उत्तिकै मेहनत गरिरहेका छन् । अब त गाउ“मा छिट्टै मोटर पुग्ला ।’-सडक खन्न सक्रिय ठुलोलुम्पेक-२ की ६० वषिर्य बृद्ध देउरूपा वि.क.ले भनिन- गाउँमा बाटो पुगे विरामी पर्दा सजिलो होला ।’ गाउँका बुढापाकाहरूलाई बाटोपुगेपछि समयमै उपचार पाईएला भन्ने आशा छ भने युवा युवतीलाई गाउ“मै बसेर उत्पादन गरेका सामाग्री विक्रि गरेर आम्दानी बढाउन सकिएला भन्ने विश्वास छ ।
बाटो निर्माण भएमा गाउूको फलफूल र तरकारी बजार पुर्‍याउन सजिलो होला भन्ने लागेको छ ।’ -अर्बेनीका राजु न्यौपानेले भने । ३१ किलोमिटर सडक खन्न अहिले ३० वटा समुहमा १ सय ६४ महिला सहित ६ सय ९८ जना सक्रिय छन् । स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रमले उनीहरूलाई बढी उत्साहित बनाएको उपभोक्ता समितिले जनाएको छ । अझै बजेट आवश्यक छ’ -माओवादी सभासद सुदर्शन बरालले भने- यो वर्षपनि बजेट र दाता खोज्ने प्रयास भैरहेको छ ।’ सडकको सजिलो खण्ड यस वर्षनिर्माण भएमा कडा चट्टान भएको सडकलाई विकल्प खोजेर आगामी वर्षपुर्वी गाउँमा जसरी भएपनि मोटर पुर्‍याउने उनले बताए । ँत्यसका लागि पनि प्रयास भैरहेको छ ।’,उनले भने । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नरेशकुमार चापागाईले सडकको ट्रयाक मात्र निर्माण हुन अझै १ करोड रकम आवश्यक रहेको बताए । हामी पुरै निर्माण गर्ने गरी सरकारलाई सिफारिस गर्ने छौं ।’ -उनले भने यो जनसहभागिता मुलक कार्यक्रम भएकाले निरन्तर राख्न पहल हुनेछ ।’

Tags:

+ Discussion
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग