बिजुली बल्यो
Published on
10:03:00 PM //
विद्युत प्राधिकरणले जिल्लाका चार गाविसमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा सुचारू गरिदिएको छ ।
दर्लामचौर, इश्मारजस्थल, पौदीअमर्राई र दोहोली गाविसमा प्राधिकरणले आइतवार देखि विद्युत सुचारू गराएको हो । विद्युत संचालनका लागि केन्द्रिय लाइन विस्तारका लागि ११ लाख र शाखा लाईन विस्तारका लागि प्रति गाविस ३ लाख ५० हजारका दरले रकम उपलब्ध भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर महतले बताए । बिजुली बलेपछि चार गाविसका झण्डै एक हजार परिवार लाभान्वित भएका छन् ।
0 प्रतिकृयाहरु