Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब तपाइँको सन्तानको चियो गर्नुस्

Published on 4:40:00 PM //

आफ्ना सन्तानको चिन्ताले तपाइँ दुब्लाउँदै गइरहनु भएको छ - उनीहरु कुलत वा गलत बाटोतिर नलागून् भन्ने चियो गर्न चाहनु हुन्छ - उसो भए यो कुरा अब सम्भव भएको छ । धन्यवाद त्यो प्रविधि, जसलाई हिजोआज लिटिल बडी चाइल्ड ट्रयाकर भनेर चिनिन्छ ।

सानो, हातैमा बोक्न मिल्ने यो ट्रयाकरलाई तपाइँको बच्चाको स्कूल ब्याग, खाजा खाने सानो बट्टा राखेर तपाइँको बच्चाको चियो गर्न सक्नु हुनेछ । ट्रयाकरले तपाइँको मोबाइलमा बच्चा कहाँ छ, कहाँ पुग्यो, कतिञ्जेल त्यहाँ बसिरहेको छ भन्ने थाहा पाउन सजिलो हुनेछ । अनि थप रमाइलो त के छ भने,

बच्चा अलिबेर त्यहाँ विश्राम गरिसकेपछि त्यो ठाउँबाट निस्कियो भने तपाइँलाई के एसएमएस आउँछ भने, बच्चाले ठाउँ छोड्यो ।

यो ट्रयाकर तपाइँले आफ्नो हराउन सक्ने सामानहरु कार वा पाल्तु कुकुरलाई पनि लगाइदिन सक्नु हुन्छ । जसबाट तपाइँको बच्चा मात्र होइन, सामान पनि कुन बेला कहाँ पुगिरहेको छ भन्ने थाहा पाउन सजिलो हुनेछ ।

तर रमाइलो के छ भने, ठूला बच्चालाई तपाइँले यो सामानबाट ठेगान लगाउनेबारे सोच्नु भयो भने, तिनले तपाइँलाई नै जिल्याइदिन बेर छैन । होस चाहिँ गरिराख्नुहोस् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग