Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाजको कार्यसमिती बैठक सम्पन्न

Published on 3:35:00 AM //

सन्जु मगर
गुल्मी जिल्ला समाज यूकेको दोश्रो कार्यसमितिको तेश्रो बैठक फार्नबोरो स्थित बिजिडब्लुएसको कार्यालयमा सम्पन्न भएको छ । समाजका महाचिब तोय बहादुर थापाको शुभकामना मन्तब्य सहित सुरु भएको भेलाले समाजको आगामी वार्षिक साधारण सभा ४ अप्रिल २०१०का दिन रेडिङमा गर्ने निर्णय गरेको छ । साथै बैठकले आफ्ना आगामी कार्यक्रमहरु सार्वजनिक गर्दै भावी दिनहरुमा युवा बर्ग तथा आमासमुहबाट पनि समाजमा प्रतिनिधित्व गराउने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष ओम प्रसाद थापाको सभापतित्वमा सम्पन्न बैठकमा समाजका उपाध्यक्ष शंकर भण्डारीले समाजका सम्पूर्ण सदस्यहरु तथा बेलायतबासी गुल्मेलिहरुलाई नयाँ बर्ष २०१०को शुभकामना दिनुभएको थियो । समाजले आफ्नो स्थापना कालदेखी अहिले सम्मका आफ्ना गतिबिधिहरु समेटेर एउटा डि.भि.डि तयार पारेको र सो डि.भि.डि बिक्री गरी जम्मा भएको रकम जिल्लामा अवस्थित अपाङ्ग सँस्थाका लागि सहयोग गर्ने जानकारी दिएको छ । साथै गुल्मी जिल्ला समाजले नेपाली लोक सँस्क्रिती जगेर्ना गर्ने उद्देश्यले नेपालबाट पञ्चे बाजा खरिद गरी बेलायत ल्याउन लगेको र बेलायतमा हुने कुनै पनि शुभकार्यमा पञ्चे बाजा बजाइने पनि जनाएको छ ।
समाजका कोषाध्यक्ष बिनप्रसाद भुजेलले समाजको आर्थिक विवरण पेश गर्दै अहिले सम्म गुल्मी जिल्लामा झन्डै ३० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिनुभएको थियो । "आगामी दिनमा पनि समाजले गुल्मी जिल्लालाई थप आर्थीक, समाजिक तथा भौतिक सहयोग गरिरहनेछ", भुजेलले बताउनुभयो । बैठकको समापन गर्ने क्रममा समाजका अध्यक्ष ओमा प्रसाद थापाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सबै जनाले वार्षिक साधारण सभालाई सफल बनाउने अठोट गर्नुपर्ने त्यसैगरी कुरा भन्दा काम बढी गर्ने प्रब्रित्तीको बिकास गर्न जोड दिनुपर्ने बताउनु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग