Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेल्कुद तथा साँस्कृतिक उपसमिती गठन

Published on 7:15:00 PM //

"निराश बिरही" रेशम श्रीष
बहराइन
बहराइनमा रहेका गुल्मेलीहरुको संस्था गुल्मेली समाजको खेल्कुद तथा साँस्कृति उपसमिती गठन भएको छ । गुल्मेली समाज बहराइनको मातहत रहने गरी खेलकुद तथा साँस्कृति उपसमिती गठन गरिएको हो । समितिको संयोजकमा नारायण पुनलाई चयन गरिएको छ भने अन्य सदस्यहरु छिट्टै सर्वसम्मतीबाट चयन गरिने बताइएको छ ।
बैदेशिक रोजगार तथा ब्यापारको सिल्सिलामा बहराइनमा बस्दै आएका गुल्मेलिहरुको पहलमा केही समय पहिला गुल्मेली समाज बहराइन गठन भएको थियो । रोजगारिको सिलसिलामा आफ्नो जिल्ला र देश छोडि बिदेशी भुमिमा पसिना बगाउनु परेपनी आफ्नो गाउँ ठाउँलाई कहिले पनि भुल्नु हुन्न, बरु अझ एकत्रित भएर आफ्नो गाउँ ठाउँको बिकासको लागि सक्दो प्रयास गर्ने अनी बिदेशी भुमिमा आईपर्ने कठिनाईहरुमा सहयोग पुर्याउने उद्देश्य सहित समाजको गठन भएको थियो । आगामी दिनहरुमा बहराइनमा रहेका नेपाली बिच चिन्जान र सदभाव बढाउनको लागि खेल्कुद तथा बिबिध साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने हेतुले खेल्कुद तथा साँस्कृतिक उपसमिती गठन गरिएको, संयोजक नारायण पुनले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग