Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डढेलोबाट वन जोगाउन अभियान

Published on 8:07:00 PM //

कान्तिपुर दैनिकबाट
गर्मी सुरु हुनासाथ वन जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयले सोमबारदेखि जिल्लाव्यापी अभियान सुरु गरेको छ ।
कार्यालयले सोमबार तम्घासमा विद्यार्थी, सामुदायिक वनका उपभोक्ता र बुद्धिजीवीसहितको र्‍याली प्रदर्शन गरी अभियान सुरु गरेको हो । गत वर्ष जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा एक सैनिक जवानसहित छ जनाको ज्यान गएपछि कार्यालयले यसवर्ष समयमै नियन्त्रणका लागि प्रचार प्रसार सुरु गरेको हो । गत वर्ष डढेलोबाट २८ सामुदायिक वनको ९ हजार हेक्टरमा रहेको जंगल डढेलोले नष्ट गरेको थियो ।

जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्रमान सिंह भण्डारीले यस वर्ष वन संरक्षण गरी डढेलो मुक्त जिल्ला बनाउन अहिले लागि परेको बताए । सोमबार तम्घासदेखि सुरु भएको अभियानलाई जिल्लाका सबै सामुदायिक वनमार्फत गाउँगाउँमा पुर्‍याइनेछ । 'अभियानलाई गाउँगाउँ पुर्‍याउँदै छौं,' उनले भने, 'यस वर्ष जिल्लाका सबै वनलाई डढेलोमुक्त बनाउने

हाम्रो प्रयास हो ।' कार्यालयले प्रर्चा पम्प्लेट, चेतनामूलक अभियान, रेडियो कार्यक्रम, तालिम, र्‍याली, वाल पेन्टिङ लगायतका कार्यक्रम गरेर अभियानलाई गाउँगाउँसम्म पुर्‍याउने जनाएको छ ।

कार्यालयले यस वर्ष डढेलोको संवेदनशील क्षेत्रमा रहेका वनहरूको संरक्षणका लागि पुरस्कारको समेत घोषणा गरेको छ । जसअनुसार उत्कृष्टलाई ३, दोस्रोलाई २ र तेस्रोलाई १ हजार प्रदान गरिनेछ । त्यसको प्रक्रियाका लागि राम्रोसँग झाडी सफाइ गरिएको, फायरलाइन बनाएको, रेखदेखका लागि उपभोक्ता खटाएको लगायतका प्रक्रिया राखेर उत्कृष्ट छनोट गरिनेछ । रेन्जर कर्ण पाण्डेका अनुसार जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमा जंगल छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग