हिमालय उच्च मावि हस्तिचौरका एक विद्यार्थी २७ वर्षपछि पुनः एसएलसी परिक्षामा सहभागी भएका छन् । पृथ्वी मा वि बडागाउँ मैदानको परीक्षाकेन्द्र ४५ वर्षिय देविराम घिमिरे २६ वर्षपछि पुनः एसएलसी परिक्षामा सहभागी बनेका हुन् । उनीसँगै १६ वर्षिय छोरी गंगा पनि सोही केन्द्र मार्फत परिक्षामा सहभागी छन् ।
२०३९ सालमा रिडीको रुरु सँस्कृत विद्यापिठबाट एस एल सी परीक्षा दिएर अनुत्तिर्ण भएका थिए । परिक्षा अनुत्तिर्ण भएका कारण गाउँमा कृषि प्राविधिक बन्ने चाहाना सफल हुन नसकेपछि आफु फेरी परिक्षामा सहभागी भएको घिमिरेले बताए । पहिलो र दोस्रो दिनको परिक्षा राम्रो भएको उनले बताए । यस पटक एसएलसी उत्तिर्ण भएमा जेटिए तालिम लिएर गाउँमा कृषि प्राविधिक बन्ने चाहना रहेको घिमिरेले बताएका छन् ।
परिक्षामा चिट चोर्न नपाएको भन्दै रुन्खादह उच्च माविका विद्यार्थीले शुक्रवारको नेपाली विषयको परिक्षा केन्द्रमै नाराबाजी गरेका छन् ।
विद्यार्थीहरुले केन्द्राध्यक्ष गुणाखर ज्ञवालीले अन्य केन्द्रहरुको तुलनामा रुन्खादह उच्च मावि केन्द्रमा परिक्षा कडा गरेको भन्दै परिक्षा शुरु हुनु पूर्व गेटमा हुन लागेको चेकिङ्गका बेला नाराबाजी गर्दै परिक्षा हल भित्र प्रवेश गरेका हुन ।
केन्द्राध्यक्ष ज्ञवालीका अनुसार विद्यार्थीहरुले अंग्रेजी विषयमा कडा गरेका भन्दै नाराबाजी गरेका थिए । नाराबाजीका कारण नेपाली विषयको परिक्षा १५ मिनेट ढिला शुरु भएको थियो । जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाललले विद्यार्थीलाई गेटबाट भित्र पठाई कोठाभित्र चेकजाँच गर्ने निर्देशन दिएपछि परीक्षा शुरु भएको थियो । विद्यार्थीको होहल्लाले नेपाली विषयको परिक्षाका विद्यार्थीहरुलाई गेट बाहिरै चेकिङ्ग गर्न नपाएको केन्द्रले जनाएको छ ।
गत वर्षरुको तुलनामा जिल्ला शिक्षा कार्यालयले यस वर्ष परिक्षामा बढी कडाई गरेको छ । तर केही केन्द्रहरुमा भने निरिक्षकहरुले नै सिकाउने गरेको विद्यार्थीहरुले बताएका छन् । जिल्लाका अन्य केन्द्रहरुमा भने परिक्षा शान्तिपूर्ण नै भएको शिक्षा कार्यालयले जनाएको छ ।
गगनशिला खड्का
अनेमसंघ -(क्रान्तिकारी)की केन्द्रीय सदस्य एवं मगरात राज्यसमिति सदस्य सिर्जना तरामु मगरलगायत आधा दर्जन माओवादी नेताले गुल्मीबाट एसएलसी परीक्षा दिइरहेका छन् । एसएलसीमा सिर्जनाका अलावा पाँचजना जिल्ला सदस्य सहभागी भएका छन् । अनेमसंघ क्रान्तिकारी गुल्मीकी पूर्वअध्यक्ष तथा माओवादी जिल्ला सदस्य गीता रिजाल बबिता, जिल्ला सदस्यहरू इन्द्रा कौशल र लीला कौशलले पनि एसएलसी दिइरहेका छन् । एक छोरा र एक छोरीकी आमासमेत रहेकी सिर्जना माओवादी मगरात राज्यसमितिका सदस्य युवराज केसीकी श्रीमती हुन् भने एक छोराकी आमा गीता पनि राज्यसमिति सदस्य अशोक थापाकी श्रीमती हुन् । आफूले ०५७ मा एसएलसी दिनुपर्ने भए पनि परीक्षाको वेला युद्धमा हिँडेकाले दिन नपाएको सिर्जनाले बताइन् । सिर्जना, गीता र लीलाले जिल्ला शिक्षा कार्यालयमा फारम भरी प्राइभेट परीक्षा दिएका हुन् भने अर्का एकजनाले गाउँको विद्यालयबाट नियमित फारम भरी परीक्षा दिन लागेका हुन् । उनीहरूबाहेक पूर्वमाओवादी कार्यकर्ता, पूर्वजनमुक्ति सेनाका सदस्य तथा स्थानीयस्तरका माओवादी कार्यकर्ता र दुईजना जनसेनाले पनि यस वर्ष गुल्मीबाट एसएलसी परीक्षा दिइरहेका छन् । परीक्षामा नेपाली सेनाका एक जवान र एक नेपाल प्रहरीका जवान पनि सहभागी छन् ।
विद्यार्थीहरूको फलामे ढोका मानिने प्रवेशिका परीक्षा आजदेखि सुरू हुँदैछ । यस पटक ४ लाख ६६ हजार ३ सय परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ मध्ये १ लाख ९३ हजार ४९ छात्रा छन् । र एक्जाम्टेडतर्फ ४४ हजार १ सय २७ परीक्षार्थी छन् । परीक्षा केन्द्रमा एक-एक केन्द्राध्यक्ष, दुई हजार दुई सय ९८ सहायक केन्द्राध्यक्ष, १८ हजार २ सय ८१ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक चित्र देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी परीक्षालाई मर्यादित तुल्याउन १५ हजार ४ सय ८० सुरक्षाकर्मी खटाइएका छन् । त्यस्तै परीक्षा सहयोगी कर्मचारी ६ हजार ४ सय ८४ खटाइएका छन् ।
बिहान ८ बजे सुरू हुने परीक्षाका लागि १ हजार ५ सय ५० परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष परीक्षामा सबैभन्दा बढि काठमाण्डौमा ३२ हजार ३ सय ५० परीक्षार्थी रहेका छन् भने मनाङ्गमा सबैभन्दा कम ९१ परीक्षार्थी रहेका छन् ।
दुर्गा खरेल
जब सुर्योदय हुन्छ त्यहाँ सुर्यास्त पक्कै हुन्छ । सधै पूर्णिमा कहाँ हुन्छ र? औँसीमा चन्द्रमा त अँध्यारोको सिरकले मुख छोपेर रुन बाध्य हुन्छ । त्यहाँ सुखको पछाडि वेदना र वेदनाको पछाडि खुशी हुन्छ । सायद सांसारिक रीत नै यस्तै हो । जीवन भएको ठाउँमा मृत्यु पक्कै हुन्छ । प्रेमभएको ठाउँमा पनि मृत्यु पक्कै हुन्छ । प्रेम भएको ठाउँमा बिछोड हुनु कुनै नौलो कुरा भयो र? आकाशको छातिमा पनि हजार घाउहरु छन् । त्यैपनि आकाश शान्त नै लाग्छ । एक्लै भएपनि पृथ्वी कति बिशाल छ । सुर्य एक्लै छ तर त्यसैमा प्राणीहरुको जीबन छ । सबैलाई उज्यलो दिन्छ । के मैनबत्तिको कुनै अस्तित्व छैन र ? जो महान छ आफू जल्छ रुन्छ आँसु पनि सिध्याउछ र अन्त्यमा बिलिन हुन्छ तर ऊ अरुकै लगि बिलिन हुन्छ । सायद महानताको परिभाषा भनेको यहि हो कि सबैलाई आफ्नो आफ्नो मतलब प्यारो छ यो संसारमा? यहाँ मैनको आँशुको प्रवाह कसलाई? उज्यालो भए पुग्यो । तर मैनको पिडा सम्झिने को? यो संसारमा पीर र वेदनाबाट स्वतन्त्र कोही छ र ? वेदना एउटा बच्चा जस्तो हुन्छ । जति स्याहार गरियो जति मतलब गरियो उति बढ्दै जान्छ ।
हरेक बिहानिले एउटा नवजीबनको सुरुवात ल्याउँछ । पुराना बिझ्ने काँडाहरु मनबाट फ्याँक्दै अघि बढ्नु राम्रो होला । हाम्रो भाग्यले हाम्रो सहन शक्तिको परिक्षा लिन हम्रो जिन्दगीका बत्तिहरु हजारौँ बाधाहरू तेर्स्याउँछ । तिनलाई पन्छाउँदै अघि बढ्ने कोसिस गर्नुपर्दछ । बहादुरीको ठूलो परिक्षा यही नै हो । हरियो रुखका सम्पूर्ण पात शिशिरले झारिदिन्छ । सधैको लगि त्यो रुख उजाड त रहन्न । अर्को बसन्त आउँदैन र ? बनभरि राताम्ये जुन फूल फुलेका छन ति सबैले शीत र बर्षातको आँसु र असिना र घामको संघर्ष भोगेका छन् ।
चिनी धेरै खाए तीतो हुन्छ हो यो सत्य हो तर यसमा चिनीको के दोष , दोष त स्वाद चाख्ने जिब्रोको होइन र? प्रेमलाई पुतलीको खेल सम्झिने धोकेबाजहरुलाई मायाको भाषाले जिन्दगिको परिभाषा दिनु केबल मुर्खता मात्र हुन्छ । सपना र बिपनाको बिचका अन्तर सायद यहि हो । निदाएर देखेका सपनाहरु अक्सर बिपनामा आएर भत्किने गर्छन । बितेका ति क्षणहरु एउटा सपनाको संज्ञा दिएर । बिहानि उदय संगसंगै जिन्दगी डोर्याउनु बुद्दिमानि हो । केहि दिन मन रोईदेला हृदयले नमान्ला तैपनि परिस्थिति त्यस्तै पर्न आयो भने स्नेहलाई बलिदान दिनु पनि पछि पर्नु भएन ।कसैले हम्रो मुटु टुक्रा पार्यो भन्दैमा के हामी स्वयमले आफ्नै मुटुमाथि छुरीले रोपेर अथवा त्यसलाई चलाएर छिया छिया पर्नु उचित छ र? कसैले मुटुमा चोट पुर्याउने प्रयास गर्छ भने त्यसमथि झन आफुले चोट पुर्याउनु रम्रो हुन्छ र? यहाँ जिन्दगीलाई बर्तमानले सजाउनु पर्दछ । झरेका पातहरु गनेर पक्कै हैन हमीले हाम्रा रातहरु आँसुले सिरानी भिजाएर हैन छाँयाहरु गनेर हैन आशाका तराहरु गन्दै बिताउनु पर्छ । जिन्दगि बास्तबमा आशामै अडिएको हुन्छ नि । बर्तमान्को सूर्य तिर अघि बढे के बिगतको छँयाले पिरोल्न सक्छ र? सेता परेवाहरु कागहरुसँग घुलमिल गर्न थाले पनि तिनका प्वाँखहरु सेतै रहन्छन् तर मन आत्मा भने बिस्तारै काला हुदै जान्छन । अक्सर धोकेबाझरुको मन यसरी नै कालो बनेको हुन्छ । जब तिनले कागबाट धोका पाउछन अनि मात्र यथार्थको आँखाले हेर्न थाल्छन र पश्चातापमा जल्न पुग्छन । हामी उसै दिनलाई पर्खनु पर्छ प्रतिक्षा गर्न कठिन छ तर त्यो त्यसै जाँदैन, मिठो फल अवस्य दिएर जान्छ ।
पाउजु नलगाई नाच्न सकिन्छ । बिगत बिर्सिएर अँगाल्दै बाँच्न पनि सकिन्छ । म आफैसँग मेरो जुत्ता हरायो भनेर पीर गर्दै थिए । तर मैले बाटोमा खुट्टै नभएको मन्छे देखेँ । कमसेकम खुट्टा त हराएको छैन नि । मेरो यहाँ धर्तिमा तिम्रो लागि फुलेका फूललाई बिर्सिएर तिमी आकाशका तारा टिप्न हात नफैलाऊ । सबै कुराको आफ्नो सुन्दरता हुन्छ । तर दुनियाँले मात्र हीराको मुल्य जानेको हुन्छ । कसैले तिम्रो महत्व बुझेन भनेर तिमीले आफूलाई टुक्र्याउन सुहाउछ र ? त्यसो त श्रीखण्डलाइ खुर्पाको बिँड हाल्ने पनि यहाँ छन् नि । तर जान्नेलाई मत्र त्यो श्रीखण्ड हुन्छ !!!!!
सराङ् ५, दिब्रुङ
हीरा कुवँर
फोक्सिङ गाविस-४ की ३६ वर्षीया शर्मिला विकले आफ्ना बेपत्ता पति प्रेमबहादुर विकको खोजीका लागिपहल गरिदिन ०६६ चैत ५ गते स्थानीय शान्ति समिति समक्ष अपिल गरेकी छिन् । समितिले द्वन्द्वपीडित र सरोकारवाबीचमा जोहाङ गाविसको खैरेनीमा आयोजना गरेको अन्तरक्रियाकार्यक्रममा उनले उक्त अपिल गरेकी हुन् । पतिलाई ०५९ जेठ ७ गते पोखरा बाहिनीबाट खटिएको सेनाकोएक टोलीले सुराकीको आरोपमा घरनजिकैबाट गिरफ्तार गरी बेपत्ता पारेको उनले बताइन् । विभिन्न सरोकारवालाहरूसँग खोजीका लागि पहल गरिदिन आग्रह गरेतापनि हालसम्म अवस्था अज्ञातरहेको समेत उनले बताइन् । शर्मिलाका तीन छोराहरू छन् । छोराहरूलाई विद्यालय पढाउनलाई कतैबाट पनिसहयोग नभएकोमा निकै समस्या परेको उनले गुनासो गरिन ।
गुल्मी जिल्लाबाट वेलायतमा आई बसोवास गरेका नेपालीले आफ्नो जिल्लाका लागि एम्बुलेन्स हस्तान्तरण गरेका छन । गुल्मी जिल्ला समाज यूकेको पहलमा नेपाल रेडक्रस सोसाइटी, जोहाङ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । समाजका प्रतिनिधिका रुपमा गुल्मी पुग्नुभएका गुल्मी जिल्ला समाजका कल्चर सेक्रेटरी श्री राम गलामी ज्यूले नेपाल रेडक्रस सोसाइटी, जोहाङ उपशाखाका सभापति श्री ओम प्रकाश भण्डारीलाई एम्बुलेन्सको चाबी प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनितिक दलका प्रमुख, सरकारी निकायका प्रमुख, बुद्धिजीवी,पत्रकार लगायतको विषेश उपस्थिती थियो ।
अमरपुर-८ गुल्मीका ३१ बर्षे गोकर्ण गौतमले जापानको विश्वविद्यालयमा विद्यावारिधि तर्फ सर्बोत्कृष्ट स्थान हासिल गर्नुभएको छ । गौतमले जापानस्थित यामागुचि विश्वविद्यालय, तोत्तोरि विश्वविद्यालय, मियाजाकि विश्वविद्यालय र कागोशिमा विश्वविद्यालयद्वारा संयुक्त रुपमा सञ्चालित ‘युनाइटेड ग्राजुयट स्कुल अफ भेटेरीनरी साइन्स’मा विद्यावारिधि अन्तर्गत सर्बोत्कृष्ट स्थान प्राप्त गर्नुभएको हो । यही मार्च १६ तारीकका दिन आयोजित दिक्षान्त समारोहमा यामागुचि विश्वविद्यालयका प्रेसिडेन्ट प्राध्यापक मारुमोतो ताकुयाले गौतमलाई सर्बोत्कृष्ट पिएचडी ग्राजुयटका लागि प्रेसिडेन्ट अवार्डबाट बिभुषित गर्नुभयो । उहाँको उत्कृष्टताको कदर गर्दै जापान सोसाइटि फर द प्रोमोसन अफ साइन्सले आगामी २ बर्षका लागि ‘पोस्ट डक्टरल फेलोशिप’ प्रदान गरेको छ । गौतमले चितवनस्थित कृषि र पशु बिज्ञान अध्ययन स्थानबाट बिभिएस्सी एन्ड एएच गरी सन् २००५ मा जापान सरकारको छात्रबृति प्राप्त गरी यामागुचि विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गर्न आउनुभएको थियो ।
गगनशिला खड्का
'हाम्रा पालामा केटी माग्न जाँदा बसेरी गाउँ भनेपछि खालीहात र्फकनुपथ्र्यो, कतिपटक त हाम्रा छोरीबेटी बिहे गर्न आएका जन्ती बीचबाटोबाटै फर्के, कारण थियो, न मोटरबाटो न खानेपानी । अब त गाउँमा मोटर आयो, बुहारी पाइने भो ।'  गाउँमा मोटर पुगेपछि गुल्मीको दुबीचौर बसेरीका बुढापाकाको भनाइ हो यो । सदरमुकाम तम्घाससँग जोडिएर पनि मोटरबाटो पुग्न नसकेको यो गाउँमा भर्खरै मोटर पुगेपछि गाउँमा निकै खुसियाली छाएको छ । ७९ वषर्ीया विष्णु बस्नेतले भनिन्, 'मोटरबाटो आयो साह्रै हषिर्त छु, म बाँचुन्जेल यसरी आँगनमा मोटर आउला भन्ने सोचेकी पनि थिइनँ । गाउँमा मोटर पुगेपछि स्थानीयवासीले बाजागाजासहित मोटरको स्वागत गरेका थिए । स्थानीयवासीसँगै गुल्मीका सभासद् चन्द्रबहादुर थापा सागर पनि छमछमी नाचे ।
अखिल नेपाल शिक्षक संगठनमा दशरथ घिमिरे अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति निर्विरोध चयन भएको छ । पाँचौं जिल्ला अधिवेशनले निर्वाचित गरेका ६१ सदस्यमध्येबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । समिति उपाध्यक्षमा कृष्णराज ज्ञवाली, कृष्णबहादुर पाण्डे, इन्दिरा पराजुली, डेलराज खनाल, रामलाल अर्याल छन् । त्यस्तै सचिवमा राजु गौतम,सहसचिव लक्ष्मी खनाल र कोषाध्यक्षमा बाबुराम घिमिरे चयन भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनले कृष्णप्रसाद ज्ञवाली संयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जिल्लाका ५ सय ७६ शिक्षकको सहभागिता रहेको सचिव राजु गौतमले बताए ।
Janardan Ghimire UCPN-Maoist has announced to launch communist education system, termed janabadi education, in Gulmi. Raju Gautam, Gulmi district secretary of the All Nepal Teachers’ Organisation affiliated to the Maoists, told that the party had decided to launch janabadi education system in nine schools of the district — three each in three constituencies of the district. However, the authorities of the District Education Office, Gulmi, said such education system would be unauthorised.
हिरा कुँवर सरकारले स्थानीय स्तरसम्म न्यायको पहुँच नपुर्याउँदा घरेलु हिंसाका घटनामा वृद्धि भएको जिल्लाका हिंसापीडित महिलाहरूले ०६६ चैत १ गते सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा गुनासो गरेका छन् ।
दलित महिला संघ गुल्मीले "महिलाहिंसाको अन्त्यका लागि सरोकारवालाको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाभरका करिब ५० जना सहभागी पीडित महिलाहरूले आफूहरू न्यायिक तहसम्म आउने पहुँच र कानुनी शिक्षा नहुँदा हिंसा सहन बाध्य भएको बताए ।
Construction of the Nistikhola micro hydro project has been completed at Neta Village Development Committee (VDC) in Gulmi district. The project with the capacity of generating 22.5 Kilowatts of electric power was constructed at a total cost of Rs. 10.5m. The cost for the construction of project was funded by Rural Economic Development Association (REDA), Palpa and the voluntary labour support from the locals. One hundred and 91 households at ward number 3 and 4 of Neta VDC and ward number 9 of Doholi VDC have been illuminated after the completion of the project.
RSS
हिरा कुँवर
देशमा बढ्दै गएको दण्दहीनता अन्त्यको माग गर्दै नेपाल नागरिक समाज गुल्मीले ०६६ फागुन २७ गते सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालमार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा देशभित्र मानवअधिकार उल्लङ्घनका घटनामा बृद्धि भएपनि दोषीमाथि कारवाही हुन नसक्दा दण्डहीनताले प्रश्रय पाइरहेको उल्लेख छ । नागरिकलाई सरकारले पूर्णतया सुरक्षाको ग्यारेण्टी गर्न नसकेकोले समाजले सरकारलाई सुरक्षाप्रति जिम्मेवार बन्न आग्रहसमेत गरेको छ । नागरिक समाजका जिल्ला अध्यक्ष गुणनिधि शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लास्थित मानवअधिकारवादी सङ्घसंस्था तथा पत्रकार महासङ्घले ऐक्यवद्धता जनाएको छ ।
यही चैत्र १२ गते देखि एस.एल.सी परिक्षामा सहभागि हुने पोलरिस आवासिय मा.बी मजुवाका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा बिद्यालयले एक कार्यक्रम गरी बिदाइ तथा शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा बिदाइ भएर जान लागेका विद्यार्थीहरुलाई बिद्यालयका प्रिन्सिपल भेष बहादुर केसीले सफलताको शुभकामना दिनुभएको थियो । "टीकाको बिदाइले नपढिकनै त उत्तिर्ण भईँदैन सफलताको लागि त पढ्नै पर्छ तर बिद्यालयको अफनत्वको सम्बन्धको काम टीकाले गर्ने कुरामा हामी बिश्वस्त छौँ", विद्यार्थीहरुलाई टिका लगाइदिदै प्रिन्सिपलले भन्नुभयो, "भविष्यमा जस्तो सुकै ठाँउमा पुगेपनी
घनश्याम गौतम जिल्लामा सुधारिएको चुलोे प्रविधि भित्रिएपछि यहाँका तीन सय महिलाले गाउँमै रोजगारीको अवसर पाएका छन् ।
खाना छिटो पकाउने र स्वास्थ्यका दृष्टिले उपयोगी भएकाले महिलाहरू सुधारिएको चुलो निर्माणप्रति आकषिर्त भएपछि सीप भएका महिलाले रोजगारी पाएका हुन् । गाउँका हरेक घरमा सुधारिएको चुलो निर्माणका लागि अहिले २ सय ९९ जना प्रवर्द्धकहरू कार्यरत रहेको चुलो प्रवर्द्धनमा सक्रिय संस्था ग्रामीण आर्थिक विकास संघ -रेडा) पाल्पाले जनाएको छ । चुलो निर्माणबाट महिलाले मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
जिल्लाको पब्लिक क्याम्पस सञ्चालकको भेलाले समाजसेवी नन्दराम भुसाल अध्यक्षतामा ७ सदस्यीय नेपाल पब्लिक क्याम्पस संघ गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा चक्रपाणि गौतम, सचिव प्रेमनाथ अर्याल, कोषाध्यक्ष परमेश्वर घिमिरे र सदस्यमा हरिप्रसाद गौतम, शोभाकर पन्त र छविलाल कुँवरलाई चयन गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा आयोजना भएको भेलामा संघका केन्द्रीय उपाध्यक्ष डा. ईश्वर गौतम सहभागी थिए ।
नेपाल नागरिक समाजले प्रा. गुणानिधि शर्मा अध्यक्ष रहेको जिल्ला शाखा गठन गरेको छ । समाज उपाध्यक्षमा अञ्जु निरौला, सचिव भुवनप्रसाद अर्याल, कोषाध्यक्ष रेशम कुँवरसहित ६ सदस्य छन् । काठमाडांैमा केन्द्रीय कार्यालय रहेको समाज गैरसरकारी संस्थाअनुसार गठन भएको हो ।
नेपाल नागरिक समाज केन्द्रीय विधानअनुसार 'हाम्रो सरोकार शान्ति, एकता, विकास र नागरिक अधिकार' भन्ने आदर्शप्रति प्रतिबद्ध रहँदै शाखा गठन गरिएको अध्यक्ष शर्माले बताए । समाजले जिल्लामा नागरिकको हकअधिकार स्थापितका लागि क्रियाशील हुने जनाएको छ ।
राष्ट्रिय ब्राह्मण समाज जिल्ला समितिले जातीय राज्य विरोध गर्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष शशि पन्थीद्वारा हस्ताक्षरित पत्रमा ब्राह्मणलाई नेपालका आदिवासीको सूचीमा समावेश गरिनुपर्ने, अन्य जाति होइन प्रमुख जातिमा सूचीकृत गर्नुपर्ने, जातीय राज्यको अवधारणा तत्काल खारेज गर्नुपर्ने, आरक्षण जातीय आधारमा नभएर वर्गीयमा गर्नुपर्नेलगायत माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ परशुराम अर्यालले माग जायज भएको र आफूले तत्कालै सम्बन्धित निकायमा पठाउने बताए ।
हीरा कुवँर
मानवअधिकारकर्मीहरूको एक टोलीले यही फागुन २३ गते जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ जनाको बन्दीक्षमता रहेको कारागारमा हाल ४६ जना बन्दीहरू रहेकोले आफूहरूलाई बसाइँमा समस्या भएको बन्दीका नाइके बुद्धिसागर बेलवासेले बताएका छन् । इन्सेक जिल्ला प्रतिनिधि हिरा कुँवरको नेतृत्वमा गएको टोलिले अनुगमनका क्रममा बन्दिहरुलाई मानव अधिकार सम्बन्धी बिभिन्न प्रकाशनहरु पनि बितरण गरेको थियो । यसैक्रममा १०० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला विकास कार्यालयको आयोजनामा फागुन २३ गते जिल्ला कारागारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पारिवारिक पुनर्स्थापन र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रममा बन्दीहरू जेलबाट बाहिर गएपछि
खानेपानी योजना मर्मत खर्च अभावमा गुल्मीको मुसिकोट र बडागाउँमा खानेपानी अभाव भएको छ । दस वर्षअघि गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजनाको झन्डै २ करोड ५० लाख लागतमा निर्माण भएको योजना अघिल्लो वर्षबाटै अलपत्र परेको हो । खानेपानी योजना अलपत्र परेपछि दुई गाविसका हजारभन्दा बढी उपभोक्ता समस्यामा परेका छन् । योजनाको धेरै ठाउँमा पाइप प'mुटेको र वषर्ाको बाढीपहिराले समेत ठाउँठाउँमा क्षति पुर्याएका ठाउँमा मर्मत गर्न नसकिएको उपभोक्ता समिति अध्यक्ष पृथबहादुर थापाले बताए । यी २ गाउँका उपभोक्ता खानेपानीका लागि कुवा र छिमेकी गाविस पुग्नुपर्ने बाध्यता रहेको छ । मर्मत सम्भारका लागि गत वर्ष नै खानेपानी कार्यालयले स्थलगत सर्भे गरेको भए पनि थप कुुनै पहल नभएको थापाको गुनासो छ ।
कान्तिपुर दैनिकबाट
यस वर्षको एसएलसी परीक्षाका लागि जिल्ला शिक्षाले सदरमुकामसहित २५ केन्द्र निर्धारण गरेको छ । शिक्षाका अनुसार सदरमुकाम तम्घासमा ३ र सुरक्षाको राम्रो व्यवस्था भएका गाउँ क्षेत्रमा २२ गरी २५ केन्द्र तय गरिएको हो । यस वर्ष जिल्लामा नियमिततर्फ झन्डै ६ हजार विद्यार्थी एसएलसीमा सहभागी हुने शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । परीक्षाका लागि आवश्यक तयारी पूरा भइरहेको उनले जनाए ।
विद्यालय गएका हस्तीचौर गाविस २ का एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । हिमालय उच्चमाविमा ३ कक्षामा अध्ययनरत १२ वषर्ीय विष्णुबहादुर खत्री बुधबारसम्म फेला नपरेको परिवारले जनाएको छ । घरबाट पढन हिंडेका उनी विद्यालय पनि नगएको र कुनै साथीले नदेखेकोले खोजी गरिदिन परिवारले अधिकारवादी, सुरक्षाकर्मीलगायतसँग आग्रह गरेका छन् ।
सदरमुकामसँगै जोडिएको अर्खले ९ अत्तरकाँडाका बासिन्दा वर्षौदेखि खानेपानीका लागि कुवा र आकाशे घैंटोमा भर पर्न बाध्य छन् । दशकअघि ५ लाख खर्चेर निर्माण गरेको आकाशे घैंटोमा पनि खानेपानी जम्मा हुन छाडेपछि झन्डै २ दर्जन परिवार थप समस्यामा परेका हुन् । उनीहरूले वषर्ातको समयमा आकाशको पानी घैंटोमा संकलन गरेर हिउँदमा पिउनका लागि प्रयोग गर्दै आएका थिए । तर २ वर्षदेखि घैंटोमा पानी नै अडिन छोडेपछि थप समस्यामा परेको उपभोक्ता समितिका गोपालप्रसाद मरासिनीले बताए । घैंटोमा पानी नभएपछि उपभोक्ता खानेपानीका लागि कुवामा राति २ बजेदेखि नै लाम बस्नुपर्ने स्थानीय कमला मरासिनीले बताइन् । कुवामा पानी सुकेपछि उनीहरूलाई २ घन्टा पैदल हिँडेर छिमेकी अर्घाखाँचीको मरेङ गाविसमा पुग्नुपर्ने बाध्यता छ ।
कान्तिपुर दैनिकबाट
Published on: //
रेडियो रेसुङ्गा, तम्घास
स्थानीय शान्ति समिति गुल्मीले जिल्लामा तीनवटा निर्वाचन क्षेत्रमा द्वन्दवाट प्रभावित व्यक्ति र तिनिहरुका परिवारहरु तथा सरोकारवाला व्यक्तिहरु वीच अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय शान्ति समिति गुल्मीका संयोजक शालीक पन्थीको अध्यक्षतामा हिजो वसेको वैठकले उक्त निर्णय गरेको हो । वैठकमा गुल्मी जिल्लामा द्वन्दवाट प्रभावित व्यक्ति र तिनिहरुका परिवारहरु मध्य हाल पन्ध्र जना व्यक्तिहरुलाई सिपमूलक कार्यक्रम अन्र्तगत छ महिनाका लागि कम्प्यूटर तालिम संचालन गर्ने, गुल्मी जिल्लाका दश गाविसमा स्थानीय स्तरमा स्थानीय शान्ति समितिको गठन गर्ने समेत निर्णय गरेको छ । वैठकले कार्यक्रमहरुको गतिविधिहरुलाई प्रकाशन गर्न शान्ति वुलेटीन प्रकाशन गर्ने समेत निर्णय गरेको छ । जसका लागि समितिका सदश्यहरु मध्ये जनार्दन घिमिरे,पदम प्रसाद पाण्डे र हिरा कु“वरलाई उक्त वुलेटिन प्रकाशन गर्ने जिम्मा समेत समितिले दिएको छ । कार्यक्रम स्थानीय शान्ति समितिका सचिव कृष्ण विश्वकर्माले संचालन गर्नु भएको थियो ।
Hira Kunwar
Mamata Pachabhaiya, 19, of Badagoun VDC-2 has appealed to Informal Sector Service Centre (INSEC) for initiating efforts for Justice.
She appealed INSEC and other human rights organizations on March 1 stating that her husband, Man Bahadur Pachabhaiya, expelled her from house after marrying second wife.
The perpetrator has been working at Ramband Barrack of Manang. The victim has been staying at her parent’s home since her husband misbehaved her.
The victim filed a complaint at the District Police Office on charge of polygamy. However DSP of District Police Office Padam Prasad Subedi informed that he has recommended for departmental action against perpetrator as he could not take action against army-man.
Published on: //
टेलिकमले सदरमुकाम तम्घासमा एडिएसएल सेवा सुरु गरेको छ ।
कार्यालयले पहिलो चरणमा व्यावसायिक प्रयोजनका लागि लिनेहरूलाई २५६ केबिपिएस र सर्वसाधरणलाई १२८ केबिपिएस स्पिडको इन्टनरनेट प्रदान गरेको हो । सेवा लिन १ सय २८ केबिपिएस स्पिडका लागि जडान शुल्कसहित सुरु महिना १ हजार ४ सय र त्यसपछि प्रतिमहिना ९ सय लाग्नेछ । त्यस्तै २५६ केबिपिएसका लागि मासिक १ हजार ४ सय रुपैयाँ खर्च लाग्नेछ । कार्यालयले सञ्चारकर्मी र स्थानीय व्यवसायीको आग्रहमा सेवा सुरु गरेको हो ।
कान्तिपुर दैनिक बाट
राजधानीबाट हुलाकमा रजिष्टर गरेर पठाएको पत्र जिल्ला सदरमुकाममा आइपुग्न नौ महिनाभन्दा बढी लाग्छ भनेर कसैले सुनायो भने आश्चर्य लाग्न सक्छ, तर यहा यस्तै भएको छ ।
स्थानीय विकास मन्त्रालयबाट जिल्ला विकास समिति, गुल्मीलाई पठाएको पत्र नौ महिना बितिसकेपछि सोमबारमात्र हात परेको छ ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालयअन्तर्गत जनशक्ति विकास तथा आन्तरिक व्यवस्थापन शाखा, पुल्चोकले मिति २०६६।२।२० गते ४१३ चलानी नम्बरको रजिष्टरीपत्र सोमबार बल्ल जिल्ला हुलाक कार्यालय, गुल्मीले जिल्ला विकास कार्यालय गुल्मीलाई बुझाएको हो ।
मन्त्रालयका उपसचिव उत्तमप्रसाद नागिलाद्वारा जिल्ला विकास समिति, गुल्मीलाई विवरण तथा कागजात उपलब्ध गराइदिन भनि पठाएको पत्र नौ महिना पछि त्यहा पुगेपछि त्यहाका कर्मचारीहरू आश्चर्यमा परेका थिए । यस सम्बन्धमा जिल्ला हुलाक कार्यालय, गुल्मीका निमित्त कार्यालय प्रमुख अर्जुन थापाले जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका पत्रहरू तत्कालै वितरण गर्ने गरेको बताउदै आफूहरूबाट पत्र पुर्याउने काममा कुनै ढिलासुस्ती नभएको बताए ।
रासस
|