Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बास्तबिकता !!!!

Published on 5:23:00 AM //

दुर्गा खरेल


जब सुर्योदय हुन्छ त्यहाँ सुर्यास्त पक्कै हुन्छ । सधै पूर्णिमा कहाँ हुन्छ र? औँसीमा चन्द्रमा त अँध्यारोको सिरकले मुख छोपेर रुन बाध्य हुन्छ । त्यहाँ सुखको पछाडि वेदना र वेदनाको पछाडि खुशी हुन्छ । सायद सांसारिक रीत नै यस्तै हो । जीवन भएको ठाउँमा मृत्यु पक्कै हुन्छ । प्रेमभएको ठाउँमा पनि मृत्यु पक्कै हुन्छ । प्रेम भएको ठाउँमा बिछोड हुनु कुनै नौलो कुरा भयो र? आकाशको छातिमा पनि हजार घाउहरु छन् । त्यैपनि आकाश शान्त नै लाग्छ । एक्लै भएपनि पृथ्वी कति बिशाल छ । सुर्य एक्लै छ तर त्यसैमा प्राणीहरुको जीबन छ । सबैलाई उज्यलो दिन्छ । के मैनबत्तिको कुनै अस्तित्व छैन र ? जो महान छ आफू जल्छ रुन्छ आँसु पनि सिध्याउछ र अन्त्यमा बिलिन हुन्छ तर ऊ अरुकै लगि बिलिन हुन्छ । सायद महानताको परिभाषा भनेको यहि हो कि सबैलाई आफ्नो आफ्नो मतलब प्यारो छ यो संसारमा? यहाँ मैनको आँशुको प्रवाह कसलाई? उज्यालो भए पुग्यो । तर मैनको पिडा सम्झिने को? यो संसारमा पीर र वेदनाबाट स्वतन्त्र कोही छ र ? वेदना एउटा बच्चा जस्तो हुन्छ । जति स्याहार गरियो जति मतलब गरियो उति बढ्दै जान्छ ।



हरेक बिहानिले एउटा नवजीबनको सुरुवात ल्याउँछ । पुराना बिझ्ने काँडाहरु मनबाट फ्याँक्दै अघि बढ्नु राम्रो होला । हाम्रो भाग्यले हाम्रो सहन शक्तिको परिक्षा लिन हम्रो जिन्दगीका बत्तिहरु हजारौँ बाधाहरू तेर्स्याउँछ । तिनलाई पन्छाउँदै अघि बढ्ने कोसिस गर्नुपर्दछ । बहादुरीको ठूलो परिक्षा यही नै हो । हरियो रुखका सम्पूर्ण पात शिशिरले झारिदिन्छ । सधैको लगि त्यो रुख उजाड त रहन्न । अर्को बसन्त आउँदैन र ? बनभरि राताम्ये जुन फूल फुलेका छन ति सबैले शीत र बर्षातको आँसु र असिना र घामको संघर्ष भोगेका छन् । 

चिनी धेरै खाए तीतो हुन्छ हो यो सत्य हो तर यसमा चिनीको के दोष , दोष त स्वाद चाख्ने जिब्रोको होइन र? प्रेमलाई पुतलीको खेल सम्झिने धोकेबाजहरुलाई मायाको भाषाले जिन्दगिको परिभाषा दिनु केबल मुर्खता मात्र हुन्छ । सपना र बिपनाको बिचका अन्तर सायद यहि हो । निदाएर देखेका सपनाहरु अक्सर बिपनामा आएर भत्किने गर्छन । बितेका ति क्षणहरु एउटा सपनाको संज्ञा दिएर । बिहानि उदय संगसंगै जिन्दगी डोर्‍याउनु बुद्दिमानि हो । केहि दिन मन रोईदेला हृदयले नमान्ला तैपनि परिस्थिति त्यस्तै पर्न आयो भने स्नेहलाई बलिदान दिनु पनि पछि पर्नु भएन ।कसैले हम्रो मुटु टुक्रा पार्यो भन्दैमा के हामी स्वयमले आफ्नै मुटुमाथि छुरीले रोपेर अथवा त्यसलाई चलाएर छिया छिया पर्नु उचित छ र? कसैले मुटुमा चोट पुर्याउने प्रयास गर्छ भने त्यसमथि झन आफुले चोट पुर्याउनु रम्रो हुन्छ र? यहाँ जिन्दगीलाई बर्तमानले सजाउनु पर्दछ । झरेका पातहरु गनेर पक्कै हैन हमीले हाम्रा रातहरु आँसुले सिरानी भिजाएर हैन छाँयाहरु गनेर हैन आशाका तराहरु गन्दै बिताउनु पर्छ । जिन्दगि बास्तबमा आशामै अडिएको हुन्छ नि । बर्तमान्को सूर्य तिर अघि बढे के बिगतको छँयाले पिरोल्न सक्छ र? सेता परेवाहरु कागहरुसँग घुलमिल गर्न थाले पनि तिनका प्वाँखहरु सेतै रहन्छन् तर मन आत्मा भने बिस्तारै काला हुदै जान्छन । अक्सर धोकेबाझरुको मन यसरी नै कालो बनेको हुन्छ । जब तिनले कागबाट धोका पाउछन अनि मात्र यथार्थको आँखाले हेर्न थाल्छन र पश्चातापमा जल्न पुग्छन । हामी उसै दिनलाई पर्खनु पर्छ प्रतिक्षा गर्न कठिन छ तर त्यो त्यसै जाँदैन, मिठो फल अवस्य दिएर जान्छ ।

पाउजु नलगाई नाच्न सकिन्छ । बिगत बिर्सिएर अँगाल्दै बाँच्न पनि सकिन्छ । म आफैसँग मेरो जुत्ता हरायो भनेर पीर गर्दै थिए । तर मैले बाटोमा खुट्टै नभएको मन्छे देखेँ । कमसेकम खुट्टा त हराएको छैन नि । मेरो यहाँ धर्तिमा तिम्रो लागि फुलेका फूललाई बिर्सिएर तिमी आकाशका तारा टिप्न हात नफैलाऊ । सबै कुराको आफ्नो सुन्दरता हुन्छ । तर दुनियाँले मात्र हीराको मुल्य जानेको हुन्छ । कसैले तिम्रो महत्व बुझेन भनेर तिमीले आफूलाई टुक्र्याउन सुहाउछ र ? त्यसो त श्रीखण्डलाइ खुर्पाको बिँड हाल्ने पनि यहाँ छन् नि । तर जान्नेलाई मत्र त्यो श्रीखण्ड हुन्छ !!!!!




सराङ् ५, दिब्रुङ
हाल: दोहा, कतार  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग