बेलायतबासी गुल्मेलिको कोशेली जिल्लाबासी गुल्मेलीलाइ (फोटो फिचर)
Published on
7:18:00 PM //
गुल्मी जिल्लाबाट वेलायतमा आई बसोवास गरेका नेपालीले आफ्नो जिल्लाका लागि एम्बुलेन्स हस्तान्तरण गरेका छन । गुल्मी जिल्ला समाज यूकेको पहलमा नेपाल रेडक्रस सोसाइटी, जोहाङ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । समाजका प्रतिनिधिका रुपमा गुल्मी पुग्नुभएका गुल्मी जिल्ला समाजका कल्चर सेक्रेटरी श्री राम गलामी ज्यूले नेपाल रेडक्रस सोसाइटी, जोहाङ उपशाखाका सभापति श्री ओम प्रकाश भण्डारीलाई एम्बुलेन्सको चाबी प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनितिक दलका प्रमुख, सरकारी निकायका प्रमुख, बुद्धिजीवी,पत्रकार लगायतको विषेश उपस्थिती थियो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_pEx47GJiiwhG_EwFrtnEAB9IidUCiSkg1ENzbIXyyNFSFJUGRUBzYpgy6jKyMmGgTdEKNOhgAD8Bjg4Cp4Tp6xX5_plZ8s9Gi81mhJqisQxGOZ1R5Nwic5mUwpGSp3Fo8aEEkKZIz_1-/s320/SSL27443.JPG)
0 प्रतिकृयाहरु