गाउँमा मोटर पुग्दा नाचगान
Published on
6:11:00 PM //
गगनशिला खड्का
'हाम्रा पालामा केटी माग्न जाँदा बसेरी गाउँ भनेपछि खालीहात र्फकनुपथ्र्यो, कतिपटक त हाम्रा छोरीबेटी बिहे गर्न आएका जन्ती बीचबाटोबाटै फर्के, कारण थियो, न मोटरबाटो न खानेपानी । अब त गाउँमा मोटर आयो, बुहारी पाइने भो ।'
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgM_WmIsXD9n8OnrdlWlxHCS98X_n0bS1LuinBZOKuZxCM_NkeJ-_Ged-YXctg7bBpEovGt75YyGaGrSLFWUyKU2ha4stC-Nwv_aRYjfwQlitO3PKtQpRzveGI__ma7s9AEDUaXKnoCgxsC/s320/thumbnail.jpg)
पिठ्युँमा सामान ढुवानी गर्नुपर्ने बाध्यतामा बाँचेका सर्वसाधारणले गाउँमै मोटर पुगेपछि अबिरजात्रा गरेका हुन् ।
स्थानीय रामबहादुर बस्नेतले भने, 'सदरमुकामसँग जोडिएको भनेर के गर्नु, सिकिस्त बिरामी डोकोमा बोकेर उपचार गर्न लैजानुपर्ने बाध्यता थियो । अझ सुत्केरी त समयमा उपचार नपाउँदा अकाल मृत्युको सिकारसमेत हुने गरेका थिए ।'
मोटरबाटो उद्घाटन गर्दै नाचगानमा रमाइरहेका सभासद् सागरलाई स्थानीयवासीले अभिनन्दनसमेत गरेका छन् । सो क्रममा उनले विकास निर्माणका काममा राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । 'राजनीतिक स्वार्थकै कारणले जनताले दुःख पाएका हुन्,' उनले भने । जिल्ला विकास समिति गुल्मी, दुबीचौर गाविस र जनश्रमदान गरी १४ लाख ९३ हजारको लागतमा तीन किलोमिटर मोटरबाटो निर्माण भएको हो ।
0 प्रतिकृयाहरु