सात महिनापछि पानी पर्यो
Published on
12:12:00 PM //
सात महिनापछि गुल्मी र आसपासमा बिहीबार पानी परेको छ । लामो खडेरीका कारण बाली लगाउनबाट वञ्चित किसानहरू उत्साहित भएका छन् । जिल्लाका उच्च पहाडी भागहरूमा किसानहरूको मुख्य बाली मकै चैत पहिलो साता नै छर्ने गर्थे । तर यस वर्ष असोजदेखि नै पानी नपरेकाले किसानहरू निकै चिन्तित थिए । बिहीबारको पानीले जिल्लाका उच्च पहाडी र तल्लो भागका किसानहरूलाई समेत मकै लगाउन मिल्ने गरी पानी परेको छ ।
0 प्रतिकृयाहरु