गुल्मी अँध्यारोमा
Published on
9:25:00 PM //
मर्मत गर्नुपर्ने विद्युत् उपकरण समयमै मर्मत नगरी नेपाल विद्युत् प्राधिकरणले हेलचेक्र्याँई गरेको कारण चार दिनदेखि विद्युत् अवरुद्द हुँदा गुल्मी जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बुधबार दिउँसोदेखि विद्युत् आपूर्ति नभएका कारण टेलिफोन र मोबाइलका टावर पनि बन्द भएपछि गुल्मी जिल्ला संचार सम्पर्कबिहीन भएको छ ।
विद्युत् अबरुद्द हुँदा यहाँको व्यापारब्यवसाय वित्तीय संघसंस्था, साचारमाध्यम, कम्प्युटर इन्स्टिच्यूट तथा साइबर व्यवसाय र प्रशासनिक क्षेत्रमा प्रभावित भएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । विभिन्न कामका लागि आएका सर्वसाधारण चार दिनदेखि होटलमै बस्न बाध्य भएका छन् । रासस
0 प्रतिकृयाहरु