Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार नपाउँदा जीवनभर पीडा

Published on 6:38:00 AM //

लालप्रसाद शर्मा
अनुहार र शरीरको अग्रभाग स्वस्थ देखिन्छ । पछाडि कम्मरबाट निस्किएको ठूलो मासुको डल्लो । अनि, पैताला फर्किएका र घिसि्रएर खुट्टामा घाउ । न उभिन सक्ने न सुत्नै मिल्ने । खानपिन र दिसापिसाबका लागि पनि सहारा चाहिने ।

सुन्दा पनि सबैका आङ सिरिङ गर्छ, भोग्नेको पीडा कस्तो होला ? तर समयमै उपचार नपाएर यस्तै पीडामा बाँचिरहेकी छन् गुल्मी शान्तिपुर ६ की २६ वषर्ीया हिमाकुमारी थापा । 'विकट गाउँ र विपन्न परिवार भएकाले चेतना अभावमा समयमै उपचार नपाउँदा यो हालत भयो,' थापाले भनिन्, 'सहज रूपमा जीवनयापन गर्न चाहन्छु । तर कुनै दयालुको सहयोगबिना कसरी सम्भव होला र ?'

मेरुदण्डबीचको मुख्य नसा (सुषुम्ना) को 'कभरिङ' -लेयर बाहिर निस्किएर कम्मरबाट ठूलो मासुको डल्लो पलाएपछि अस्वाभाविक देखिएकी युवतीले आफ्नो उपचारका लागि अस्पतालको शय्याबाट सहयोगको याचना गरेकी छन् । उनी ६ दिनदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत छिन् ।

जन्मँदै उनको पछाडि कम्मरमा सानो डल्लो थियो । चिकित्सकका अनुसार त्यो नसाको समस्या थियो र समयमै उपचार नहुँदा बढ्दै गएको हो । 'उमेरसँगै डल्लो पनि बढेर घिस्रेर हिँड्नुपर्ने भयो,' थापाले भनिन्, 'डल्लोको समस्या त छँदै थियो, अहिले खुट्टा पनि खराब भइसके ।'

चिकित्सकका अनुसार थापाको लेयर जन्मजात रूपमा बाहिर आएर उमेरसँगै बढेको र त्यसले खुट्टामा प्यारालाइसिससम्मको अवस्था आएको हो । 'चिकित्सा क्षेत्रमा यो निकै चुनौतीपूर्ण छ,' अस्पतालका हाड जोर्नी विभाग प्रमुख प्रा.डा. एमके चक्रवर्तीले भने, 'यो नसासँग सम्बन्धित भएकाले न्युरोसर्जनद्वारा उपचार गर्नुपर्छ ।' डल्लो बढेर नसा च्यापिएर खुट्टामा प्यारालाइसिस भएकाले पहिले खुट्टाको उपचार गर्नुपर्ने चक्रवर्तीले बताए । अस्पतालका अनुसार जन्मजात हुने यस्तो रोगलाई स्पाइना बाइफिडा अर्थात् 'सुषुम्नाको कम्मर बाहिर निस्केको' भनिन्छ ।

नसाको समस्याले उनका खुट्टासमेत चल्न छाडेका छन् । खुट्टामा पीप देखिएकाले अस्पतालले त्यसैको उपचार गरिरहेको र निको नभए दुवै खुट्टा काटेर फाल्नुपर्ने चिकित्सकले बताएका छन् । हिमाका अनुसार चिकित्सकले पछाडिको मासुको अप्रेसन गरेर फाल्न सकिने तर औषधोपचारमात्रै ४/५ लाख लाग्ने भनेका छन् । 'बाँचेर संसार हेर्न चाहन्छु,' उनले भनिन्, 'तर उपचारका लागि पैसा छैन, सबैसँग सहयोग

माग्छु ।' उनले डल्लोमा सामान्य धक्का लागे पनि टाउको, शरीर दुख्ने र खुट्टा भने दुखिरहने बताइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग