Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिमाले पशु व्यवसाय फस्टायो

Published on 6:27:00 PM //

व्यावसायिकतर्फ उन्मुख यहाँका किसान गाईभैंसीको जीवन बिमामा आकषिर्त भएका छन्् । पशु जीवन बिमासँगै गाउँमा दुग्ध व्यवसाय गर्ने पनि बढेका छन् ।

जिल्लाका जैसीथोक, गांैडाकोट, दिगाम, हर्दिनेटा, थानपति, बलेटक्सारलगायत गाविसका किसानले गोठमा रहेका गाईभैंसीको जीवन बिमा गरिदिएका छन् । जिल्ला पशु सेवा कार्यालयको पशु बिमा साझेदारी कार्यक्रमअन्तर्गत देवीस्थान दुग्ध उत्पादक सहकारी संस्थाले गाउँका झन्डै १ सय गाईभैंसीको जीवन बिमा गरेको छ । त्यस्तै गौंडाकोटको नवदुर्गा कृषि सहकारी संस्थाले पनि ११ गाईभैंसीको बिमा गरेको संयोजक पशुपति पाण्डेले बताए । जिल्लाका पशुहरूको बिमाका लागि पशु सेवा कार्यालयले एसियाली विकास बैंकको सहयोग लिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख तुलसी भण्डारीका अनुसार जिल्लाका दुई दर्जनभन्दा बढी गाविसमा व्यावसायिक दूध उत्पादनका लागि बाहिरी जिल्लाबाट झन्डै ५ सय उन्नत गाई भित्रिएका छन् । नवलपरासी, रुपन्देही, काभ्रे, भक्तपुरसम्म पुगेर गाई ल्याउँदा एउटा गाईको मूल्य ४० देखि ७० हजारसम्म पर्ने गरेकाले पनि किसानहरू गाईभैंसीको बिमातर्फ बढी आकषिर्त हुँदै गएको भण्डारीले बताए ।

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग