Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहभोज कार्यक्रम सम्पन्न

Published on 11:37:00 PM //

हीरा कुवँर
समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि जिल्लाको हस्तिचौर गाविसमा ०६७ असार १३ गते सहभोज कार्यक्रम सम्पन्न भएको छ ।

दलित सुधार समितिको आयोजनामा सम्पन्न सहभोज कार्यक्रममा प्रमुख अतिथी उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनारले अझै पनि समाजमा दलितमाथिको छुवाछुत तथा दुर्व्यवहार विद्यमान रहेकोले यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

सहभोज कार्यक्रममा महिला समूहकी अध्यक्ष विमला केसी, दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष रोम विश्वकर्मालगायतले मन्तव्य राखेका थिए । उक्त सहभोज कार्यक्रममा गैरदलितको उपस्थिति न्यून रहेको भन्दै सहभागीहरूले गुनासो व्यक्त गरे । कार्यक्रम गौचन धरालीको अध्यक्षता र चामबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग