Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैंक द्धारा लघुवित्त कार्यक्रम

Published on 10:13:00 PM //

सीता भण्डारी
जिल्लाको दोस्रो विकास बैंक गुल्मी विकास बैंकले विपन्न वर्गका महिलाहरुको आर्थिक शसक्तिकरणको लागि बैंकको मजुवा शाखाबाट लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ ।
शुरुमा गुल्मी जिल्लाका तुराङ्ग, रुपाकोट, जुभुङ्ग, बलिथुम र आँपचौर गाविसमा कार्यक्षेत्र तोकिएको यो कार्यक्रम भोलीका दिनमा गएर गुल्मी जिल्ला भरीका विपन्न वर्गका महिलाहरु सबैलाई लागु हुने बैकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले बताएका छन ।
लघुवित्त कायक्रममा संलग्न तुराङ्ग गाविस वार्ड न.१ मजुवा बजारमा केन्द्र न :१ र २ का विपन्न महिलाहरुका लागि आयोजित पूर्व सेवा प्रवेश तालिम कायक्रमको समापन अवसरमा गुल्मी विकास बैंकका सञ्चालक रामप्रसाद पन्थीले कार्यक्रममा संलग्न महिलाहरुलाई लघुवित्त कार्यक्रको बचत ऋण पासबुक वितरण गरेका छन । बैंकका लघुवित्त कार्यक्रमका कर्मचारी लोकबहादुर थापाको सञ्चालन रहेको कार्यक्रममा बैंकको संस्थापक द्वय यज्ञप्रसाद पन्थी र सोमनाथ सापकोटा तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले विपन्न वर्गका महिलाहरुलाई आर्थिक सशक्तिकरणको लागि व्यवसायिक हिसावले आयआर्जन क्रीयाकलापमा लाग्न सुझाव दिदै सानोस्तरमा गर्न सकिने विभिन्न आयमुलक कामहरुको बारेमा उक्त कुराको जानकारी गराएका छन ।
लघुवित्त कार्यक्रम अन्तरगत विपन्न वर्गका महिलाहरुलाई समहू / केन्द्रमा आवद्ध गर्राई ७ दिन देखि ११ दिन सम्म संस्थाका नीति नियमहरुको बारेमा तालिम तथा विभिन्न माध्यमबाट जानकारी गर्राई कार्यक्रमको सदस्यको रुपमा मान्यता दिने र सो कार्यक्रममा स -सानो बचतको साथै विभिन्न आय आर्जन क्रियाकलाप गर्न सामूहिक जमानीमा बिना धितो ऋण प्रदान समेत बताईएको छ । सो बैकको प्रधान कार्यलय गुल्मीको सदरमुकाम तम्घासमा रहेको र जिल्लाका प्रमुख ब्यापारीक केन्द्रहरुमा आफना शाखा विस्तार गर्न लागेको समेत प्रमुख कार्यकारी अधिकृत शर्माले बताएका छन ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग