Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा नपुग्दै भिरवाट लडेर एक जनाको मृत्यु

Published on 4:57:00 PM //

पी एम मगर
गुल्मीको मरभुङ्गमा एक जनाको भीरवाट लडेर मृत्यु भएको छ ।

मरभुङ्ग गाविस वार्ड नं। सिर्लिङ्ग निवासी ३४ वर्षीय गोर वहादुर परियारको घर नजिकैको भ्यागुते भिरवाट लडेर मृत्यु भएको हो । रोजगारीको सिलसिलामा भारत पुगेका परियार घर फर्किदै गर्दा घरमै नपुगी उक्त भिरवाट लडेर मृत्यु भएको हो । परियारले आफ्नी आमालाई औषधी गरी घरमा लिएर आउँदै थिए । घर नजिकै पुगी हिड्दै गर्नुस म आउँदै गर्छु भनि पछाडी वसेका परियारको एक्कासी भिरवाट लडेर मृत्यु भएको मृतककी आमाले वताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग