Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाडीमा जुर्मुराए बिकासप्रेमी गुल्मेली युवाहरु

Published on 11:07:00 PM //

तारा मंगोल
गत शुक्रबार कतारको दोहा स्थित जैदा पार्कमा गुल्मी जिल्ला फोक्सिगं गा. वि. स. बाट कतारमा आई काम गर्ने फोक्सिगें हरुको एक भेला आयोजना गरियो ।

 दुन बहादुर बलालको अध्यक्ष्यता तथा मथुरा प्रसाद श्रेष्ठको अगुवाईमा आयोजित सो भेलामा गुल्मी जिल्लाको फोक्सिगं गा. वि. स. तथा अन्य छिमेकी गा. वि. स. जस्तै ग्वाघा, पूर्तिघात, भुर्तुङ तथा खड्गकोट गा. वि.स. बाट कतार आई विभिन्न कम्पनीमा काम गर्ने श्रमिकहरुको उपस्थिती थियो ।

"श्रमिक ग्रूपको अभियान, हरेक गांउमा सेवा र पहिचान" कार्यक्रम अर्न्तगत आयोजित सो भेलाले विभिन्न विषयहरुमाथी छलफल गरि निर्णयहरु समेत पारित गरेको जानकारी प्राप्त भएकोछ । बिशेषत सो भेलामा नेपाल अधिराज्यभरी कार्यक्षेत्र कायम हुनेगरि स्थापना गरिएको राष्ट्प्रेम सेभिगं एण्ड क्रेडिट कोओपरेटिभ तथा श्रमिक रेमिट कम्पनी लाई कसरी गांउस्तर सम्म पूर्याएर गांउमा बसोबास गरिरहेका किसान तथा मजदुरबर्गहरुको हितमा परिचालित गर्न सकिन्छ भन्नेबारे ब्यापकरुपमा छलफल गरेको थियो । गाँउले जनतामा बचत गर्ने बानी र सो बचत लाई समुहमा लगानी गर्ने अभ्यासको शूरुवात श्रमिक ग्रूप अफ कम्पनीजबाट देशब्यापी स्तरमा शूरुवात गरिसकेको स्थितीमा यो अभियानलाई गाउँ स्तरसम्म पूर्याउनको लागी ठोस कदम पहिल्याउनको लागी सो भेलाले तुरुन्त एक सक्रिय कार्य समिती गठन गर्ने निर्णय गरेकोछ ।

गांउमा बसोबास गर्ने जनतालाई आन्दोलित नगरेसम्म गांउले जनता, किसानहरु र आम मजदूर वर्गको वर्गीय हित नहुनेकुरामा सहमत हुदै सो भेलामा विभिन्न सदस्यहरुले विभिन्न प्रश्नहरु सोधेकोथिए । राष्ट्रप्रेम सेभिगं तथा क्रेडिट कोओपरेटिभ तथा श्रमिक रेमिट को ब्रान्च अफिस फोक्सिगंमा स्थापना भएपश्चात गांउले जनताहरु पनि बचत गर्ने र समुहमा लगानी गर्ने परिपाटीको आन्दोलन शूरुहुने र फोक्सिगं, पूर्तिघाट, भूर्तुगं, खड्गकोट तथा ग्वाघा गा. वि. स. का जनताहरुलाई प्रत्यक्ष सेवा र सुविधा प्राप्तहुने कुरामा भेलामा उपस्थित सदस्यहरुले सहमति दर्शाएकाथिए । श्रमिक वर्गको लगानी, बर्चस्वता, स्वामित्य तथा उत्तरदायित्यमा आधारित विश्वका विभिन्न ५५ मुलुकहरुबाट सेवा शूरु गर्ने अभिप्रायले सन्चालित श्रमिक रेमिट कम्पनी तथा श्रमिक ग्रूप अफ कम्पनीज मा आबद्ध राष्ट्रप्रेम सेभिगं एण्ड क्रेडिट कोओपरेटिभ को सेवा हरेक गा. वि. स. हरुमा पूर्याउने कम्पनीको योजना अनूरुप सो कार्यक्रमको आयोजन गरिएको कुरा आयोजकहरुले बताएका थिए ।

भेलामा गिरी प्रसाद दर्लामी, गिरी थापा, प्रेम बलाल, हिरा बलाल, श्री प्रसाद बलाल, तारा श्रीस, तारा बोहोरा, लिल बहादुर सार्की आदीले विभिन्न प्रस्नहरु राख्नुभएकोथियो । सो भेलामा सोधिएका प्रस्नहरुको उत्तर श्रमिक रेमिट कम्पनीका प्रेसिडेन्ट तथा राष्ट्रप्रेम सेभिगं एण्ड क्रेडिट कोओपरेटिभका चियरम्यान श्री तारा मंगोलले दिनुभएको थियो । उत्तरदिने क्रममा श्री तारा मंगोल ले श्रमिक ग्रूप अफ कम्पनीज अर्न्तगत हालसम्ममा पांचवटा कम्पनीहरु स्थापित भैसकेको र अन्य दुइ कम्पनीहरु यही आषाढ मसान्तभित्रमा स्थापित हुने प्रकियामा रहेको कुरा जानकारी गराउनुभएकोथियो । निकट भविष्यमा श्रमिक बैंकको योजना रहेको र सो योजना अनुरुप कम्पनी अगाडि बढिरहेको कुरा मंगोलले बताउनुभएकोथियो । विभिन्न कांरणवस सो भेलामा अनुपस्थित रहनुभएका सदस्यहरुले सो भेलाले पारित गरेका सम्पूर्ण एजेण्डाहरुमा सहमति रहने कुरा बैठकको शूरुमा उपस्थित सबैलाई जानकारी गराइएकोथियो ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग