Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बल्यो बत्ती

Published on 7:31:00 AM //

लामो समयको प्रतिक्षापछि सामुदायिक विद्युतको बत्ती बल्न थालेपछि गुल्मीको हस्तीचौर ७ का उपभोक्ता खुसी भएका छन् ।


२०६२ सालदेखि केन्द्रिय प्रशारण लाईन अन्तर्गत सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा सुरु भएको हस्तीचौर सामुदायिक ग्रामीण विद्युतीकरण प्रशारणमा आएको हो ।
गाँउघरमा बिजुली बत्ती बल्न थालेपछी उक्त वडामा रहेका ७० उपभोक्ताहरुमा खुशीको सीमा नै नभएको स्थानीयवासीहरु बताउँछन । हस्तीचौरको वडा नं। ८ बाहेक कुल ८ सय घरधुरी लाभान्वित हुने गरी सो प्रशारण शुरु गरिएको छ । अब १५ दिन भित्रमा सिंगो हस्तीचौर गाविस नै उज्यालो हुने उपभोक्ता समितिका सदस्य राम मल्ल ठकुरीले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग