Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेलकुद नीतिको कर्मचारीद्वारा बिरोध

Published on 8:37:00 AM //

सरकारले ल्याउन लागेको खेलकुद नीति खेलाडी र खेल प्रेमीहरुको हित बिपरित भएको भन्दै लुम्बिनी अञ्चलमा कार्यरत कर्मचारीहरुले त्यसको बिरोध गरेका छन् ।

शनिवार तम्घासबाट संयुक्त बिज्ञप्ती जारी गर्दै युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको नीतिलाई मन्त्री परिषदको बैठकले सैद्धान्तिक सहमति समेत प्रदान गरेको भन्दै खेलकुद नीतिमा रहेका अस्पष्टता हटाई राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले उठाएका मागहरु समेत समावेश गर्न समेत संघले आग्रह गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद केन्दि्रय कर्मचारी संघका सचिव प्रकाश बराल, रुपन्देही खेलकुद कर्मचारी संघका अध्यक्ष लिलाराम बस्नेत, कपिलबस्तु, गुल्मी जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष एकनाथ मगर, नवलपरासी जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष श्रृषिराम पौड्याल र पाल्पा जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष महेश चन्दद्वारा जारी विज्ञप्तीमा मन्त्रि परिषदको कार्यालयबाट सैद्धान्तिक सहमति प्रदान गरिएको खेलकुद नीति समग्र खेलकुद क्षेत्र र खेल क्षेत्रमा लागेका खेलाडी, कर्मचारी र राष्ट्रिय खेलकुद परिषदको समेत हित बिरुद्ध भएको उल्लेख छ ।

नीति विरुद्ध केन्दि्रय संघले घोषणा गरेका हरेक आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै खेलकुद नीति अबिलम्ब पुनराबलोकन गर्न माग समेत गरिएको छ ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग