Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो सामुदायिक रेडियो सञ्चालनमा

Published on 7:17:00 AM //

सीता भण्डारी
विश्व प्रविधीमा आएको यो सञ्चारको विकाससगै गुल्मी जिल्लामा पनि पहिलो सामुदायिक रेडियो सञ्चालनमा आएको छ ।
सामाजिक न्याएका लागि सञ्चार अधियानद्धारा सञ्चालीत सामुदायिक रेडियो स्काई ८८.४ मेघाहर्जले आफ्नो परिक्षण प्रशारण शुरु गरेको हो । परिक्षण प्रशारणमा दैनिक १० घण्टा प्रशारण हुने सामुदायिक रेडियो स्काईले छिट्टै नै दैनिक १८ घण्टा नियमित प्रशारण गर्ने रेडियोका अध्क्षय शालिक पन्थीले बताएका छन ।
यस रेडियोले दुरदराज र सुचना प्रविधीको पहुचँभन्दा टाढा रहेका आम नागरिकहरुलाई सुचना , शिक्षा, मनोरञ्जन प्रदान गर्ने र हरेक समुदायको सशक्तिकरण एवं आर्थिक सम्बृद्धिका लागि प्रेरित गने छ । यो रेडियो समुन्द्री सतहबाट १ हजार ६ सय ५० मिटर उचाईमा रहेको अर्जुन डाडाँ स्थित नेपाल टेलिभिजनको टावरबाट एसटिएल प्रविधी मार्फत गुल्मीको सदरमुकाम तम्घासमा स्टुडियो राखेर सञ्चालनमा आएको छ । यो रेडियो लुम्बिनी अञ्चलका सबै जिल्लाहरु लगायत २२ जिल्लामा सुन्न सकिने बताईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग