Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा एक जनाको मृत्यु ९ जना घाईते

Published on 2:51:00 AM //

पि. एम. मगर 

वुटवलवाट गुल्मीको ग्वादीतर्फ आउँदै गरेको एउटा जीप शुक्रबार पाल्पा जिल्लाको खस्यौली गाविस स्थित माल्मुल भन्ने ठाँउमा दुर्घटना हुँदा ७ वर्षीय एक जना वालकको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन ।
    वुटवलवाट ग्वादीको लागि छुटेको रा १ च ६१ नं. रातो प्लेटको जीप शुक्रबार सांझ पाल्पाको खस्याउली गाविस वार्ड नं. ९ स्थित मालमुल भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परि गुल्मीको ग्वादी गाविसका ७ वर्षीय एन्जल अर्यालको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा घाईते हुनेहरुमा स्याङ्गजा कारिकोट ९ की ५ वर्षीय वर्षा राना सोही स्थानकै ३२ वर्षीय दुर्गा लामिछाने ३१ वर्षीय गणेश लामिछाने ११ वर्षीय वालकृष्ण लामिछाने कोशीमाया लामिछाने १९ वर्षीय माजु सोमै गुल्मीको ग्वादी गाविसकी २४ वर्षीय अाजु शाह पल्लीकोट १ का जीप चालक भगत टण्डन र यमवहादुर टण्डन रहनुभएको छ । घाईतेहरु मध्ये कारीकोट स्याङ्गजाकी वर्षा रानाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाईते यमवहादुर टण्डनको अहिले जिल्ला अस्पताल पाल्पामा उपचार भईरहेको छ भने अन्यको पाल्पाकै मिसन अस्पतालमा उपचार भईरहेको छ । वाक्लो हुस्सु लागेका कारण वाटो नदेखिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जीप सडकवाट करीव दुई सय मीटर तल खसेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग