Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गौतम राष्ट्रसंघीय महासभाका उम्मेदवार

Published on 11:23:00 AM //

सरकारले राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमलाई राष्ट्रसंघीय महासभा अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गौतमलाई २०११ सेप्टेम्बरदेखि २०१२ सेप्टेम्बरसम्म एक वर्ष पदावधि हुने निवर्चचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले गौतमलाई जिताउन कूटनीतिक लबिङ गर्ने निर्णयसमेत लिएको छ। यसपटक एसियाबाट अध्यक्ष चयन गर्ने पालो छ।
एसियाली मुलुक कतारले आफ्ना न्युयोर्कस्थित राजदूतलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरी तीन महिनायता लबिङ सुरु गरिसकेको छ। तर नेपालले निर्णय गर्न ढिलो गरेकाले परिणाम आफ्नो पक्षमा पार्न मुस्किल हुने एक परराष्ट्र अधिकारीले बताए।
दुई महिनाअघि कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री रामशरण महतलाई उम्मेदवार बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिए पनि निर्णय भएको थिएन।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग