Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युज चौथो बर्षमा

Published on 12:53:00 AM //



आभारका दुई शब्द



लेख्छु भनेर त बसेँ । अघिल्लो पोष्टमा वाचा पनि गरेको थिए केही लेख्छु भनेर । आखिर नलेखीकन त्यसै बस्न पनि त यो मन मानिरहेको छैन । तर थाहा छैन खै के लेखुँ । दोधारमा छु कुन शब्द प्रयोग गरुँ ? शब्द बिहिन बनेको छु । पुरै शब्दहरु हराएजस्तो लागिरहेको छ । सोचेको कुरा पनि लेख्न अल्मलाइरहेका छन यी हातहरु । शायद खुशीले, हर्षले, गर्वले, सफलताले अनी सबैको मायाले । हो तपाईंहरुकै मायाले, हौसलाले अनी प्रेरणाले गर्दा नै गुल्मीन्युज ब्लग यात्राको तेश्रो बसन्त पुरा गरी आजकै दिन देखी चौथो बसन्तमा प्रवेश गरेको छ । छाती गर्वले फुलेको छ, भाव विभोर बनेको छु । गुल्मीन्युजको सधैं प्रगती चाहने, यसलाई अघी बढ्न अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने सबैलाई धेरै धेरै धन्यवाद ।




तपाईंहरुकै माया-ममताका कारण यो तीन बर्षे यात्रा एकदमै स्मरणिय, उल्लास्पूर्ण र समग्रमा सफल बन्न पुग्यो । गुल्मीन्युजको लागि तपाईंहरुले जुन आत्मिय बातावरण सिर्जना गरिदिनुभयो त्यसको लागि पनि धेरै धेरै आभारी छु । हुँदा हुँदा अब त यसलाई त्यही आत्मियतामा जिउने बानी परिसकेको छ । विश्वस्त छु यो आत्मियता सदैब रहिहनेछ ।

 


बिगत


हुन पनि अस्ती भर्खर जस्तो लाग्छ ब्लग जगतको नौलो संसारमा नयाँ पाइला राख्दै बिद्युतिय तरङ्गमा तरङ्गित हुन सुरु गरेको । समय बित्न कत्ती नै बेर लाग्दो रहेछ र ? शुरुमा रमाइलो अथवा भनौँ टाईम पासको लागि खोलियो यो ब्लग । यो ब्लग दर्ता गर्दा सम्म बुझिसकेको थिईन मैले ब्लग भनेको के हो ? शुरुमा फाट्ट फुट्ट जे पायो त्यही पोस्ट गरेर केही महिना गुज्रियो । अनी बिस्तारै आफ्नै गाउँठाँउको गतिबिधी पोस्ट गर्न थालेँ । त्यस्पछी त धेरै जनाले यस प्रती रुची देखाउन थाल्नुभयो । बिदेशका थुप्रै ठाउँहरुबाट पनि भिजिट हुन थालेछ यो ब्लग । आफु घर बाहिर बसेर पनि आफ्नै गाँउ ठाउँको गतिबिधी पढ्न पाउँदा खुशी लागेको बताउदै देश बिदेशबाट थुप्रै कमेण्टहरु आउन थाले । अनी फाट्ट रुपमा जे पायो त्यही पोस्ट हुने गुल्मीन्युजमा निरन्तर रुपमा सम्भब भएसम्म गुल्मी जिल्ला र गुल्मेलीहरुका गतिबिधिहरु पोस्ट हुन थाले । जागिर नभएकाले फुर्सदै हुन्थ्यो । आफ्नै कम्प्युटर थिएन । घण्टाको २० रुपैया तिरेर साइबर धाउनै पर्ने बाध्यता थियो गुल्मी न्युज अप्डेट गर्न ।


पछी २००८ को शुरु तिर जागिर शुरु गरेपछी भने ब्यस्तताले च्याप्न थाल्यो । बिहान कलेज अनी दिउँसो र बेलुका काम । एक्लै कता कता भ्याउनु ? गुल्मी न्युजलाई बन्द गर्ने मनस्थिती बनाँएको पनि थिएँ । तर बन्द नगर्न अनुरोध गर्दै दिनदिनै थुप्रै ईमेलहरु आउन थाले पछी चाहेर पनि बन्द गर्न मिलेन गुल्मीन्युजलाई । फेरी त्यही फाट्ट फुट्ट पोस्ट गर्ने क्रम शुरु भयो । आरआर क्याम्पसमा पत्रकारिता पढ्दै थिएँ । पछी थाहा भयो मिडियाको विद्यार्थीले त रेडियो, टेलिभिजन, पत्रपत्रीका वा अन्लाईन मिडिया मध्य कुनै एक मिडियामा इन्टर्न्शिप गर्नै पर्ने रहेछ । धेरै साथीहरु देशकै चर्चित संचारमाध्यामहरुमा इन्टर्न्शिप गर्न तिर लागे । तर मेरो लागि भने यही गुल्मीन्युज इन्टर्न्शिप गर्ने थलो बन्यो । राम्रै मान्नु भयो शिक्षक ॠषिकेश दाहालले पनि । ब्लग राम्रो छ, अघी बढ्दा हुन्छ भनेर हरियो झन्डा देखाउने काम गरिदिनुभयो ।


बिदेशीए पछी त खुबै गार्हो हुन्छ होला ब्लग अप्डेट गर्न जस्तो लागेको थियो । तर बिहान र दिउँसोको पढाई अनी बेलुकाको कामको बाबजुद पनि बातावरण बनिरहेको छ । राम्रै साथ दिईरहनु भएको छ सबै जनाले । बेलाबेलामा समाचार, तस्बिर र लेख रचना पठाएर सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरु प्रती आभार प्रकट गर्दै अन्य सबैमा हार्दिक धन्यवाद ।


*************** 

==============================================
***************


Gulminews Stastics


Blog Registered: 2007 AD
Total Posts: Over 1000
Total Visits: Over 100000
Visiting Countries: 109 Countries
Top visiting Countries: India, Qatar, Nepal, USA, UAE, Finland, UK, Japan, South Korea, Australia
Visiting Cities: Over 2000 
Top Cities: Doha, Kathmandu, Dubai, Sharjah, Helsinki, Abudhabi, Shinjuku, New Delhi, Mumbai, Shibuya
Total Followers: Around 150 
Total email subscribers: around 200
Average Visits/day: 472
Average Pages/visit: 2.63
Average Time on site: 00:03:34
Top Traffic Sources: Direct (www.gulminews.com), Google, Facebook, bing, blogger



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग