Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रवृति वितरण

Published on 1:44:00 PM //

पि.एम.मगर
जनता प्राथमिक विद्यालय जुभूङ्ग-६ गुल्मीले बिहीवार गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रवृत्ति रकम १९ छात्रा र एक जना अपाङ्ग विद्यार्थीलाई प्रदान गरिएको हो । त्यस्तै शिक्षक जीवन गाहाद्वारा स्थापित अक्षयकोषको ब्याजबाट तीन छात्रलाई तीन सयका दरले समेत छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमलाल खासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष हिमलाल गाहा, प्रध्यानाध्यापक मोहनिसंह गाहा, शिक्षक त्रिलोचन गौतम लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग