Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार दिनदेखि विद्युत अवरुद्ध

Published on 1:17:00 AM //

पि.एम.मगर
गुल्मीका झण्डै आधादर्जन गाविसमा गत ४ दिन देखि सामूदायिक विधुत अवरुद्ध भएको छ । पराल्मीको रातामाटादेखि वडाँगाउको दोभानसम्मको हाईटेन्सन लाईनमा खराबी हुदाँ कुर्घा, वामी, बडागाँउ, हस्तीचौर र अर्खले गाविसमा बिद्युत अवरुद्ध भएको हो ।
यसरी पटक-पटक बिद्युत अवरुद्ध हुदाँ ति गाविसका झण्डै ५ हजार घरधुरी मारमा परेका छन् । वत्ति आओस कि नआओस न्यूनतम मासिक ८० रुपैयाँ तिर्नै पर्ने र टुकि बत्ति बालेर बस्नुपर्ने भएकोले सामूदायिक बिद्युतबाट दोहोरो मारमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
वडागाउँ सामूदायिक ग्रामिण विधुतिकरण उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद छन्त्यालले भने आफुहरु सहित ८ जना प्राविधिकहरुले सो स्थानको मर्मतमा लागि परेपनि नेपाल बिद्युत प्राधिकरण र सामुदायिक संस्था हेर्ने क्षेत्रिय डिभिजन कार्यालय बुटवलले सहयोग नगरेका कारण उपभोक्ताहरुले हैरानी खेप्दै आउनु परेको वताउनुभएको छ । हस्तान्तरण नभएका गाविसका सामुदायिक बिद्युत प्राधिकरणमा हस्तान्तरण गरिनुका साथै आवाश्यक उपकरणहरु उपलब्ध हुनुपर्नैतर्फ सम्बन्धीत माथिल्लो निकायको ध्यान आकृष्ट गराएका छन् । ति गाविसका सयौँ विपन्न घरधुरीले त झन मिटरबक्स जडान र घर वाइरिङ्ग गर्न नसकेकेा कारण अहिलेसम्म बत्ति नै बाल्न पाएका छैनन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग