Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला सम्पन्न

Published on 11:44:00 PM //



(फोटो फिचर सहित )

यम गुरुङ (सबै तस्बिर पनि) 
जुलाई २५ तारिख, फार्नबोरोस्थित ओकफाम स्कुलको प्राङ्गणभित्र आफ्ना विभिन्न संरचनात्मक कार्यक्रमहरुसहित वार्षिक भेटघाटको एक प्रकारको मेला, यूकेबासी गुल्मेलिहरुले  सम्पन्न गरेका छन् ।

दिनको बाह्र बजे शुरु भएको सो भेटघाटको कार्यक्रम स्थलको मुख्य द्वारबाट भित्र पस्नासाथ विभिन्न नेपाली लोकबाजाहरु बजाउने चार पाँच समूहहरुले नेपाली अति नै पारम्परिक संस्कारको झझल्को दिएको थियो ।
यूकेका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओम थापाको अध्यक्षता रहेको थियो, सञ्चालन ओम गुरुङले गरेका थिए । सन् २००७को अगस्ट ०४का दिन स्थापना भएको उक्त समाजले यही वर्षको अप्रिल महिनाको ०४ तारिखबाट नेपाली संस्कृतिको साँस्कृतिक पक्षको अत्यन्तै लोकप्रिय र मौलिक बाजा नौमती बाजाको औपचारिक रुपबाटै व्यावसायिक रुपमा बजाउने एक समूहको स्थापना गरेको समाजले आफ्नो यस वार्षिक कार्यक्रमको सो नौमती बाजाको उद्घाटन राजदूत चालिसेद्वारा एकैपल दमाहा ठोकेर गरेपछि पूर्ण पारम्परिक तवरले अति नै लोकप्रिय नेपाली मौलिक सो नौमती बाजा बजाइएको थियो । यस प्रकारको संस्कृतिले सम्पूर्ण नेपालीलाई भावानात्मक रुपमा एक शूत्रमा बाँध्न सक्ने समाजले विश्वास गरेको सार्वजनिक रुपमा बताइएको थियो ।
गुल्मेली समाजमा हरेक जातजातिका गुल्मेली यूकेबासीहरुको करीव ७०० जति सहभागि रहेको  सो कार्यक्रम साँझको अबेरसम्म विभिन्न प्रकारको साँस्कृतिक नाचगान तथा खेलकुद तथा जलपान गरी यस वर्षको वार्षिक भेला सम्पन्न गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग