Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुल नहुँदा समस्या

Published on 4:22:00 PM //

अविरल वर्षा सगै गुल्मीको निस्ते खोलाबाट यातायातका साधन आवत जावत गर्न नसकेपछि सदरमुकाम तमघासमा समस्या परेको छ ।

सरोकारवालाहरूले बैकल्पीक मार्ग निमार्ण कार्य सुरू गरेका छन् ।  सदरमुकाम तमघासदेखी रातडाडाँ भन्ज्याङ जोड्ने निस्ते खोलामा पक्की पुल नहुदा झोलुङ्गे पुल मार्फत मोटरसाईकलमा आवत जावत गर्न झन्डै १ किलो मिटर मोटरबाटो वडागाउँ गाविस सचिव चुरा बहादुर कार्की सहितका स्थानीयवासी ले जनही १५ सय उठाएर खन्न सुरू गरेका हुन् ।

जिल्लाका वडागाउँ, मुसिकोट सहित दर्जनौ गाविसका जनता आवजात गर्ने निस्ते खोला बढेपछि सवारी साधनहरू वारिका वारि, पारिका पारी अलपत्र हुने गरेका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग