Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अविरल वर्षाले फाँट डुवानमा

Published on 7:43:00 PM //

पी.एम.मगर
विगत केही दिन अगाडीदेखि परेको अविरल वर्षाका कारण गुल्मीको वढीघाट खोलामा वाढी आउँदा वम्घा गाविसमा रहेको फाँट डुवानमा परेको छ ।

वम्घा गाविसको वार्ड नं. ५ मा रहेको ६ सय ४ मुरी धान उव्जाउ हुने १५१ रोपनी खाल्टेफाँट डुवानमा परेको हो । अहिले फाँटमा रहेका गाई वस्तुहरुलाई सुरक्षित स्थानतर्फ सार्ने कामभईरहेको तर मानवीय क्षति भने भएको छैन । पाँच सय थान जाली लगाएर वनाईएको तटवन्ध गत
वर्षको वाढीले वगाईदिएपछि यस वर्ष फाँटमा वाढी सजिलैसँग प्रवेश गरी सो क्षेत्रलाई डुवानमा पारेको हो । अहिले सो फाँटमा धान रोप्ने कार्य चलिरहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग