बेलायतबासी गुल्मीलीले फेरी अर्को एम्बुलेन्स दिने
Published on
3:19:00 PM //
युकेमा रहेका गुल्मीबासीहरुले आफ्नो जन्मथलोको विकासका लागि गत वर्ष २७ लाख रुपियाँ बराबरको सहयोग गरेका छन् ।
बेलायतमा बसोबासरत् गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज युकेले संस्थागत रुपमा तथा अन्य गुल्मीबासीहरुले व्यक्तिगत तवरले सो सहयोग गरेका हुन् । समाजका अध्यक्ष ओमप्रसाद थापाका अनुसार समाजले यसवर्ष गुल्मीमा अर्को एम्बुलेन्स दिने र नेपाल अपाङ्ग संघ गुल्मीलाई सहयोग गर्ने कार्यक्रम राखेको छ ।

गुल्मी जिल्ला समाजले बेलायतमा पहिलोपटक नौमती बाजा भित्र्याएकोमा प्रशंसा गर्दै डा. चालिसेले विदेशमा बस्ने नेपालीहरुले आफ्नो गाउँघरको विकास मात्र होइन संस्कृति पनि प्रवर्द्धन गरेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली दूताबासका मिनिष्टर काउन्सिलर झविन्द्र अर्याल, खिमानन्द भूषाल, बीजीडब्लुएस्का अध्यक्ष टिकेन्द्रदल देवान, नेपाली टिभीका निर्देशक विजय थापा, एनआरएनका पूर्व संयोजक कर्ण शाही, एनआरएन युके अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष महेन्द्र कँडेल लगायतको उपस्थिति थियो । समाजका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर भण्डारीले स्वागत भाषण गरेका थिए भने कार्यक्रम सञ्चालन सहसचिव फत्तबहादुर थापाले गरेका थिए । अन्त्यतिर, नौमति बाजाको धुन देखि दोहोरी गीत र चुट्का समेतले कार्यक्रममा रौनकता थपेको थियो ।
0 प्रतिकृयाहरु