Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिँसा वृद्धि भएको भन्दै चिन्ता व्यक्त

Published on 10:29:00 AM //

पी.एम.मगर
महिला हिँसाका घटनाहरु दिनानु दिन वृद्धि हुँदै गईरहेको भन्दै एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

कल्याणकारी आमा समुह तमघासको आयोजनामा सम्पन्न महिला हिँसा तथा यौन विकृतिविरुद्ध जनचेतनामुलक कार्यक्रममा वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा वक्ताहरुले महिला हिँसा एक जघन्य अपराध हो भन्दै यस्तो जघन्य अपराध गर्ने व्याक्तिलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने वताएका छन् । कार्यक्रममा गुल्मी जिल्ला प्रहरी प्रमुख प्रहर नायव उपरीक्षक पदमप्रसाद सुवेदी, महिला विकास अधिकृत जमुना पौडेल, रेसुङ्गा आमा समुहकी अध्यक्ष सुसीला मरासिनी, पराल्मी आमा समुहकी अध्यक्ष विष्णुमाया पोखरेल, अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष धना भण्डारी, ललिता गौतम लगायतले मन्तव्य व्यक्त गर्दै महिला
हिँसा तथा यौन विकृति न्यूनीकरणको लागि सवैजना एकजुट भएर आवाज उठाउनुपर्ने वताउनुभएको
छ।
आमा समुह, मुल समिति गुल्मीका अध्यक्ष प्रेमकुमारी भुजेलको सभापतित्व, लेकवेशी आमा समुहकी अध्यक्ष राधा पाण्डेको स्वागत मन्तव्य तथा कल्याणकारी आमा समुहकी सदस्य लक्ष्मी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन हुनु पुर्व संपुर्ण महिलाहरुले महिला हिँसा तथा यौन विकृति न्यूनिकरण संवन्धि लेखिएका प्लेकार्डहरु सहित सदरमुकाम तमघास वजार परिक्रमा गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग