Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा आजदेखि एक महिनासम्म धार्मिक मेला शुरु

Published on 3:14:00 PM //

पी.एम.मगर
आज साउन १ गते अर्थात साउने सक्रान्ति पर्व गुल्मीको रेसुङ्गा तपोभुमिमा आजदेखि एक महिनासम्म ठुलो धार्मिक मेला लाग्ने गर्दछ । आज विहानैदेखि रेसुङ्गामा जानेहरुको घुँईचो लागेको छ ।

साउन अवधिभर पुराण वाचन, पाठ, भजन, किर्तन, स्नान, दान, तपस्या, होम, श्राद्ध लगायतका विशेष धार्मिक कार्यक्रमहरु हुने गर्दछ । त्यस्तै आजदेखी गुल्मी लगायत वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्गजा तथा धेरै टाढा टाढावाट पनि श्रृद्धालु भक्तजनहरुको घुईचो लाग्ने
गर्दछ । रेसुङ्गाको पोखरीमा रहेको पानीले नुहाएपछि संपुर्ण पाप नष्ट हुन्छ र संमृद्धी प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास पनि रही आएको छ ।

प्राकृतिक तथा जैविक विविधताले भरिपुर्ण क्षेत्र र रेसुङ्गामा पुग्नको लागि यातायातको सुविधा पनि पुगेको छ । रेसुङ्गावाट हिमाली क्षेत्रका हिमश्रृखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने मात्र होईन तराईका क्षेत्रहरु पनि देख्न सकिने र पछिल्लो समयमा यस क्षेत्रमा भ्रमण गर्न आउनेहरुको संख्यामा वृद्धि हुँदै आएको छ । त्यस्तै आज गुल्मीको अर्को धार्मिक क्षेत्र रुरु र अस्लेवाको रुद्रवेणीमा पनि धर्मालम्वीको घुँईचो लाग्ने गर्दछ । आजदेखि हरितालिका तीज पर्वसम्म गाउँ घरहरुमा महिला दिदी वहिनीहरुले तीजका गीतहरु गाउँने नाँच्ने र रमाईलो गर्ने गर्दछन् ।

आज  सुर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कट सक्रान्ति पनि भन्ने गरिन्छ । हिन्दु धर्मअनुसार सुर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दु धर्मालम्वीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने चलन रहेको छ । आजका दिन असारे वर्षात हिलोवाट आउन सक्ने रोगवाट जोगिन लुतो फाल्ने प्रचलन पनि रही आएको छ । यसैवीच यस वर्षको साउन महिनामा पाँचवटा सोमवार पनि परेकाले पुत्र नभएकालाई पुत्र प्राप्ती हुने, निर्धनलाई धन प्राप्ती हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वास अनुरुप शिवभक्तहरुले व्रत आरम्भ गरी शिवको पुजा आरोधना गर्ने प्रचलन रहेको छ ।
फोटो: तारा भुषाल

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग