Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आत्महत्या गर्नेहरु बढे

Published on 1:48:00 AM //

घनश्याम गौतम
गाउँ गाउँमा प्रहरी चौकी स्थापनासंगै गुल्मी जिल्लामा कुटपिट, झै-झगडा, सार्वजनिक अपराध लगायतका घटनाका उजुरी बढेका छन् ।
गत वर्षहरुको तुलनामा यस वर्ष कर्तब्य ज्यानका घटना घटेका छन् भने अन्य उजुरी बढेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत वर्ष कुटपिटका १० मुद्धा मात्र दर्ता भएकामा यस यस वर्ष ४९ वटा दर्ता भएका छन् । त्यस्तै यस वर्ष जिल्लामा ३७ जनाले आत्महत्या गरेका छन् । गत वर्ष आत्महत्या गर्नेको संख्या ३५ थियो । गत वर्ष कर्तब्य ज्यान सम्बन्धि ९ मुद्धा दर्ता भएकामा यस वर्ष ३ मुद्धा मात्र दर्ता भएका छन् । यो वर्ष मोवाईल धम्कीका घटना समेत भएका छन् । जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी हवल्दार कुलबिर थापाका अनुसार असार मसान्तमसम्म कुटपिट तथा घाजाँचका ४९, झै-झगडामा १ सय १०, मोवाईल धम्की ५, सार्वजनिक अपराधमा १३, जबरजस्ती करणीमा ३,
बहुबिवाहमा ३, कर्तब्य ज्यानमा ३, ज्यान मार्ने उद्योगमा १ र चोरी ठगीमा ४ मुद्धा दर्ता भएका छन् । त्यस्तै सवारी दुर्घटनामा क्षतिपूर्ति नपाएको ९, मानिस तथा सर-सामान खोजतलासमा १७ सहित थप ८८ मुद्दा पनि प्रहरीमा दर्ता भएका छन् । यस वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ८ र भबितब्यबाट १३ जनाले ज्यान गुमाएका छन् । भबितब्यमा अधिकांश भिरबाट लडेर र खोलामा डुबेर ज्यान गुमाउने छन भने आत्महत्या गर्नेहरुको संख्या पनि निकै धेरै छ । झुण्डिएर २८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवनबाट ५, डुबेर १, हाम फालेर २ जनाले आत्महत्या गरेको पनि प्रहरीले जनाएको छ । आत्महत्या गर्नेहरुमा घरायसी झै-झगडा र माया प्रेमसंग जोडिएका घटना धेरै छन् । त्यस्तै गरीबी र उपचार अभावमा समेत यस वर्ष जिल्लामा दुई जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेहरुमा १७ देखि ६५ वर्ष उमेर सम्मका छन् ।
गाउँ गाउँमा चौकीहरुको स्थापना र प्रहरीको सकृयाताले उजुरी बढेको प्रहरीको विश्लेषण छ । चौकीहरुकै कारण जिल्लामा कर्तब्य ज्यानका घटना घटेको र प्रहरीहरुको सकृयाता र न्याय पाइन्छ भन्ने मान्यताले अन्य उजुरीहरु बढेको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताउनु भयो । प्रहरीकहाँ गएपछि न्याय पाइन्छ भन्ने मान्यता बढेकोले उजुरी पनि बढेको सुवेदीले जानकारी दिनुभयो । स्थानीय प्रशासनले जिल्लाका ग्रामिण इलाकामा तिन इलाका प्रहरी कार्यालय र ९ प्रहरी चौकी स्थापना गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग