Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेचिन लागेकी चेलिको उद्दार

Published on 10:17:00 PM //

गुल्मी जिल्ला, बलेटक्सार गाविस-२ की २० वर्षीया सीमा खड्कालाई प्रहरीले भारतमा बेचविखन गर्न लैजान खोजेको आशंकामा विराटनगर भन्सार नाकाबाट ०६७ साउन २ गते उद्धार गरेको छ ।

उनलाई तनहुँ जिल्ला घोरफेदी गाविस-६ का २४ वर्षीय अमृत भट्ट र सिन्धुली जिल्ला, रतनपचुरा गाविस-५ का वीरबहादुर खपाङ्गीले भारतको दिल्लीमा विवाह गरिदिने प्रलोभन देखाएर लाँदै गर्दा सीमा प्रहरी चौकीले पीडितसहित तीनै जनालाई गिरफ्तार गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको सीमा प्रहरी चौकीका असई कृष्ण सिटौलाले बताए । असई सिटौलाका अनुसार, भट्टले आफूले विवाह गर्ने प्रस्ताव राखेर पीडितलाई दिल्ली लैजान खोजेका रहेछन् ।
गिरफ्तारपछि भट्ट र खपाङ्गीले अरू नै व्यक्तिले आफूहरूलाई दिल्लीमा युवती ल्याइदिन भनेको प्रहरीसँग बयान दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर माधव बोगटीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग