Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रासन खर्च नआएपछि बन कार्यालय कर्मचारी चिन्तित

Published on 7:17:00 AM //

आर्थिक वर्षो कारोबार बन्द हुन दुई दिन मात्र बाँकी रहँदासम्म पनि जिल्ला बन कार्यालयका कर्मचारीहरूले रासन बापतको खर्च पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले रकम नदिएको भन्दै बन बिभागले पुष देखि कर्मचारीहरूको रासन खर्च रोकेको हो । अर्थ मन्त्रालयले पुष देखि खर्च रोक्का गरेको बन कार्यालयले जनाएको छ । रासन खर्च नपाएपछि आर्थिक वर्ष अन्त्यमा फिल्डमा गएर गर्नुपर्ने कामहरू रोकिएको कर्मचारीहरूको गुनासो छ । 
जिल्ला बन कार्यालयले जिल्लाका रेञ्जर, फरेष्टर, बन कार्य सहायक र बन रक्षकलाई ठेक्का मार्फत प्रति व्यक्ति झण्डै ८६ रूपैंया रासन वापत रकम उपलब्ध गराउने गर्दछ । बन कार्यालयका अनुसार जिल्लामा रासन पाउने ५३ जना कर्मचारी छन् । उनीहरूको पुष महिना देखिको रासन रोकिएको हो । ठेकेदार हरीकुमार श्रेष्ठले रासन बापतको रकम निकासा नभएपछि आफुले व्यक्तिगत रूपमा दुई महिनाको रकम भुक्तानी गर्दा पनि अर्थ मन्त्रालयबाट निकासा नआएपछि आफुले र्सत अनुसार उपलब्ध गराउन नसकेको बताए ।
रासन उपलब्ध गराउन कार्यालयले पुष देखि अहिलेसम्म दर्जनौं पटक पत्र, फ्याक्स, फोन मार्फत रकम माग गरेको तर उपलब्ध नभएको लेखापाल विष्णुप्रसाद भण्डारीले बताए । अहिलेसम्म १० लाख मात्र आएको छ ।, भण्डारीले भने, अझै आउनु पर्ने झण्डै १३ लाख बाँकी छ । जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयले असार २५ गते देखि सरकारी कार्यालयहरूको खाता रोक्का गर्दछ ।


नयाँभावना दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग