Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कान्छी छाडेर फेरी जेठीसंगै घरजम

Published on 7:57:00 PM //

कान्छी ल्याएपछि जेठी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेको त हामी सबैले सुनेकै हो तर गुल्मीका एक व्यक्तिले भने कान्छी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरी पुनः जेठीसंगै घरजम गर्न थालेका छन् ।

अर्खले गाविस-८ का यमबहादुर खत्रीले २६ वर्षिया कान्छी श्रीमती साबित्रा खत्रीलाई ६ लाख रुपैंया क्षतिपूर्ति दिएर सम्बन्ध बिच्छेद गराएका हुन् । उनी अहिले जेठी श्रीमतीसंग बस्दै आएका छन् । भारतीय सेनामा कार्यरत खत्रीले जेठी श्रीमतीसंग सम्बन्ध नराम्रो भएपछि कान्छी श्रीमतीलाई २०६० सालमा मागी विवाह नै गरेर भित्र्याएका थिए । कान्छी श्रीमतीतर्फ एक छोरी छन् ।
छोरी जन्मिएदेखि नै हेला गर्दै आएका खत्रीले जिल्ला प्रशासनको छलफलमा ६ लाख तिर्न राजी भएपछि अदालतबाट सम्बन्ध बिच्छेद गराईएको जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँट प्रमुख जयश्वर पन्थीले बताए । पन्थीका अनुसार जिल्ला प्रशासनले मिलापत्र गर्ने गरेका मुद्धा मध्ये यति धेरै रकम तिर्न राजी भएर सम्बन्ध बिच्छेद गरेको भने यो पहिलो हो ।
खत्रीकी कान्छी श्रीमती साबित्राले पहिलो छोरी जन्माएदेखि नै हेला गरेर माइतीमा बस्न बाध्य भएपछि सम्बन्ध बिच्छेद गरेको बताईन । उनी ४ वर्षिया छोरीसंगै छन् ।
कान्तिपुर दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग