Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निशुल्क योग शिबिर शुरु

Published on 11:23:00 AM //

पि.एम. मगर 
महेन्द्र उच्च माध्यमिक विद्यालय तमघास गुल्मीमा कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुको लागि निशुल्क योग प्रंणायम शिविर हिजो शुक्रबारदेखि शुरु भएको छ ।

चार दिनसम्म चल्ने उक्त शिविरको पतंजली योगपीठ जिल्ला कार्य समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले आज उद्घाटन गर्नुभएको थियो । प्रत्येक दिन विहान पाँच वजेदेखि एक घण्टा साचालन गरिने योग शिविरको हिजो पहिलो दिन कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु लगायत शिक्षक शिक्षिकाहरुको पनि सहभागीता रहेको थियो । शिविरमा पतंजली योगपीठका केशरवहादुर थापा मोतीप्रसाद खनाल लगायतले प्रशिक्षण दिइरहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग