Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ताले विद्युत् महसुल नतिर्ने

Published on 7:56:00 PM //

 विद्युत् नियमित नभएको भन्दै ग्रामीण सामुदायिक विद्युतीकरण वामीका उपभोक्ताले महसुल नतिर्ने निर्णय गरेका छन् ।



वामी गाविस, ७ र ८ का झन्डै २ सय उपभोक्ताले पटकपटक आग्रह गर्दा पनि समितिले विद्युत् सुचारु गर्न पहल नगरेको भन्दै विद्युत् नियमित नहुँदासम्म महसुल भुक्तान नगर्ने निर्णय गरेका हुन् । महसुल उठाउन गएका सामुदायिकका कर्मचारीसमेत त्यसै फर्केका छन् ।



वामी, कुर्घा, बडागाउँ गाविसमा १० दिनदेखि विद्युत् अवरुद्ध भएको छ । समितिले हावाहुरीका कारण विद्युत् तार नजिक रूखहरू ढलेर र हाँगाले छुने गरेकाले विद्युत् अवरुद्ध भएको जनाएको छ । तर कुर्घा र बडागाउँमा बिजुली बलेको तीन दिन बितिसक्दा पनि वामीमा विद्युत् सुचारु नभएको उपभोक्ताको गुनासो छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग