Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मल नपाउँदा कृषक मर्कामा

Published on 2:09:00 AM //

गुल्मी अर्खलेका यमलाल खनाललाई आजभोली निकै दौड धुप परेको छ । खेतमा धान रोपेर सिद्धाईसकेका खनाललाई धानमा राख्नका लागि रासायनिक मल नपाउँदा यस्तो समस्या परेको हो ।


धानका लागि आवश्यक पर्ने युरिया, डी.ए.पी.लगायतका रासायनिक मल आवश्यक मात्रामा उपलब्ध नभएपछि उनलाई यति बेला दौडदुप गर्नु परेको छ ।
सरकारले पछिल्लो समयमा सरकारी तथा कृषक समूहहरूले मल वितरण गर्ने  नियम बनाएपनि  अहिले आएर रासायनिक मल संस्थानले नै उपलब्ध नगराएपछि सहकारी पसलहरूले मल बिक्री गर्न पाएका छैनन् ।

धानमा मल राख्ने सिजन बितीसक्दा पनि मल उपलब्ध नभएपछि चिन्तित बन्दै खनाल भन्छन्–“सयौं पटक सहकारी पसलमा दौडधुप गरे तर मल पाउन सकिएन सहकारी धाउँदा–धाउँदै थाकेर हैरान परियो तर मल पाइने होइन, आजकाल त सहकारी पसल पनि धाउन छोडियो, कि अब हामीलाई सरकारले जति चाहिन्छ त्यति मल दिनु पर्ने हो नभए भारतबाट भएपनि खुल्ला रूपमा हामी जस्ता कृषकहरूलाई मल ल्याउन दिनु पर्ने हो ।’’ ‘खै हामी कृषिमा आधारित बनेर जीवन गुजारा गर्नेको समस्या बुझेको खै’ आक्रोश ब्यक्त गर्दै उनले भने ।

यो समस्या यति बेला उनको मात्र होइन उनी जस्तै लाखौं कृषकको समस्या पनि यस्तै रहेको छ । यता जिल्ला कृषि कार्यलय गुल्मीले जिल्लाको लागि २ सय मेट्रिक टन मलको माग गरेको तर कृषि साम्रागी केन्द्र भैरहवाले कोटा छैन भन्दै जम्मा २५ मेट्रिक टन मल पठाएकाले जनाएको छ ।




Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग