Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेताला शिक्षक राखेर घरै बसीबसी तलब

Published on 1:50:00 PM //

गगनशीला खड्का
सरकारी विद्यालयको स्थायी दरबन्दीमा कार्यरत गुल्मीको बडागाउँका एक शिक्षकले खेताला शिक्षक राखेर घरमै बसीबसी तलब-भत्ता बुझ्दै आएका छन् 
बडागाउँ गाविस-३ थदाङस्थित उद्धार प्राविका स्थायी शिक्षक चिन्तामणि दर्लामीले न्यून पारिश्रमिकमा खेताला शिक्षक राखेर १० महिनादेखि घरमै बसेर तलब लिएका हुन् । उनी अर्खले-७ स्थित आफ्नै घरमा बस्दै आएका छन् 
दर्लामी नियमित विद्यालय नआएपछि अविभावकले राजीनामा दिन वा अर्को शिक्षक राख्न दबाब दिएपछि उनले आफ्नो तलबबाट खेताला शिक्षक राखेका हुन् । खेताला शिक्षक राखेर दर्लामी घर बस्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए 
विद्यालयका अनुसार, दर्लामीले सुरुमा दुई हजार दुई सय ५० रुपैयाँ मासिक तलब दिनेगरी स्थानीय पुष्पा बराम्लेलाई सात महिनासम्म खेतला शिक्षक राखेका थिए । पछि, २५ सय रुपैयाँ दिएर २ महिनासम्म स्थानीय रमेश बगालेलाई र गत भदौदेखि सोही तलबमा स्थानीय धर्मबहादुर सर्तुंगे मगरलाई खेताला शिक्षक राखेका छन् 
दर्लामीले खेताला शिक्षक राखेकोबारे आफूलाई थाहा नभएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । उनले यसबारे विद्यालयसँग जानकारी लिने पनि बताए 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग