Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुठी जग्गा खानेले ३८ वर्षदेखि तिरो तिरेनन्

Published on 11:27:00 AM //

विसं १८९४ अघिदेखि गुल्मी मुसिकोटको ऐतिहासिक खड्गदेवताको पूजा आराधनाको लागि गुठी जग्गा पाउनेमध्ये कतिपयले गत २८ वर्षदेखि उक्त कोटलाई बुझाउनुपर्ने अनाज र वाषिर्क तिरो बुझाएका छैनन् ।

विसं १६०० मा स्थापना भएको मुसिकोट पूजाका लागि पङ्गेनी, घिमिरे, रिजाल थरका ब्राहृमण, थारू मगर र सिंह ठकुरीले पूजा गर्ने र गोदार थरका थापा, कार्की, सूर्यवंशी मगर, विश्वकर्मा र दर्जीले परापूर्वकालदेखि कोट पूजाको सहयोगीका रूपमा काम गरी गुठी जग्गा उपभोग गर्दै आइरहेका थिए ।
त्यसमध्ये पौदीअमराई र मुसिकोटको सिमानामा पर्ने राङरुङ फाँटका मोही वामी गाविसका मानबहादुर खत्रीले वाषिर्क रूपमा उक्त कोटलाई बुझाउनु पर्ने चार मुरी तीन पाथी धान र प्रतिवर्ष ५० पैसा तिरो २०३८ सालदेखि बुझाएका छैनन् ।
त्यस्तै उपल्लो राक्से र तल्लो राक्से फाँटका मोहीको विवरण समेत अस्तव्यस्त छ । त्यसविरुद्ध आज मुसिकोट खड्गदेवता पूजा व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा निवेदन समेत दिएका छन् ।
समितिका अध्यक्ष इन्द्रबहादुर खत्रीको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसमक्ष उक्त तिरो असुल गराई दिन र फिल्ड बुकमा उल्लेख भएअनुसारको गुठीको जग्गा यकिन गराई पाउन आग्रहसमेत गरेको छ ।
सदस्य विष्णुबहादुर सिंह ठकुरीका अनुसार उतिबेला जिम्माल मुखियाको नजिक जो थियो उसैले बढी जग्गा गुठीका नाममा हडप्ने गरेको थियो । उहाँका अनुसार गुठीका नाममा लिइएको खेत र पाखो बारी तान्दातान्दा कैयाँै सार्वजनिक जग्गासमेत व्यक्तिले आफ्ना नाममा गराउने गरेका छन् ।

तर निस्ती खोला र बडीघाट खोला छेउमा रहेका गुठीका कतिपय खेत भने खोलाले बगरमा परिणत गरेको छ । तत्कालीन मुसिकोट राज्यअन्तर्गत हस्तिचौर, मुसिकोट, बडागाउँ, वामी, हालको बागलुङ दगातुङ्डाँडालगायतका गाविसका सम्बन्धित जातजातिका पुजारीले उक्त गुठी जग्गा उपभोग गर्दै आएका थिए ।
पछि क्रमशः जो जसका हातमा जिम्माल मुखिया थिए उनीहरूले कैयाँै सार्वजनिक जग्गासमेत हड्पेको बूढापाका बताउँछन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग